close

छोरी तीन वर्षकी हुँदादेखि कोडिङ सिकाइरहेका छन् जुकरबर्ग

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १७:५८

छोरी तीन वर्षकी हुँदादेखि कोडिङ सिकाइरहेका छन् जुकरबर्ग

काठमाडौं । फेसबुक स‌ंस्थापक मार्क जुकरबर्गले आफ्नी छोरीलाई तीन वर्षको उमेरदेखि कोडिङ सिकाइरहेका उनकी पत्नी प्रिसिल्ला च्याङले बताएकी छन् । 

दी टाइम्स सँगको अन्तर्वार्तामा उनले आफ्नो श्रीमानले आफ्नो पाँच वर्षकी छोरीलाई तीन वर्षको उमेरदेखि नै कोडिङको विषयमा पढाउन थालेको बताएकी हुन् । 

जुकरबर्गले आफ्नो छोरीलाई कोडिङको विषयमा सहज तरिकाले जानकारी दिँदै बानी बसाल्ने गरेको पनि उनले बताएकी छन् । छोरीले बुझ्ने तरिकाले जुकरबर्गले पढाउने गरेको च्याङले भनेकी छन् । जुकरबर्ग दम्पत्तीको कान्छी छोरी अगस्ट २०१७ मा जन्मिएकी हुन् ।

जुकरबर्गले आफ्नी छोरी अगस्टलाई कोडिङ सिकाउदै गरेको तस्बिर पनि फेसबुकमा शेयर गरेका थिए । बालबालिकाहरूलाई सहज रुपमा कोडिङ सिकाउने सफ्टवेयर ‘कानो’ को प्रयोग गरेर आफ्ना छोराछोरीलाई बुझाउने गरेको जुकरबर्गले बताएका छन् । 

छोरीलाई कोडिङ सिकाउदै गरेको पोस्टमा आफैले कमेन्ट गर्दै उनले लेखेका छन्,‘बच्चाहरूलाई टाइप गर्न सिकाउनु भनेको आफ्नो धैर्यताको परीक्षा दिए जस्तै हो ।’ 

जुकरबर्ग आफैले पनि छ कक्षामा पढ्दै गर्दा कोडिङ सिकेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१