close

ह्वावे एप ग्यालरीमा उपलब्ध गेमिङ एपबाट लाखौं एन्ड्रोइड डिभाइसमा भित्रियो मालवेयर

टेकपाना टेकपाना

मंसिर ९, २०७८ १२:५५

ह्वावे एप ग्यालरीमा उपलब्ध गेमिङ एपबाट लाखौं एन्ड्रोइड डिभाइसमा भित्रियो मालवेयर

काठमाडौं । ह्वावे एप ग्यालरीको मार्केटप्लेसमा उपलब्ध सुटर तथा स्ट्राटेजीसँग सम्बन्धित गेमिङ एपमार्फत झन्डै ९३ लाख एन्ड्रोइड डिभाइस मालवेयरको सिकार बनेका छन् । जसमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारी तथा फोन नम्बर संकलन गरिरहेको उल्लेख गरिएको छ ।

अनुसन्धान संस्था डाक्टर वेबले यो विषय बाहिर ल्याएको हो । संस्थाका अनुसार एप ग्यालरीमा उपलब्ध एक सय ९० ओटा गेमिङ एपमा ‘साइनस मालवेयर’ फेला परेको छ ।

जसमध्ये धेरैजसो एप रसियन भाषा प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरिएको छ । भने, केही चिनियाँ प्रयोगकर्ता र बाँकी विश्वव्यापी रुपमा एन्ड्रोइड फोन प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरिएको उल्लेख छ ।

संस्थाका अनुसार जब प्रयोगकर्ताले ह्वावे एप ग्यालरीमार्फत त्यस्ता एप डाउनलोड गरि इन्स्टल गर्छन तब भेरिफिकेसनका लागि फोन कल आउने गर्छ । त्यही कलमार्फत एपले प्रयोगकर्ताको लोकेसन, नेटवर्क प्यारामिटर, सिस्टम मेटाडेटा लगाएको जानकारी संकलन गर्नेछ ।

त्यसमध्ये सबैभन्दा महत्वपूर्ण जानकारी प्रयोगकर्ताको मोबाइल नम्बर हो । जसले प्रयोगकर्तालाई ठुलो समस्यामा पार्न सक्ने दावी अनुसन्धान संस्थाले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२