close

‘अटो सजेस्ट’ले फास्ट होइन, स्लो बनाउँछ मोबाइलको टाइपिङः अध्ययन

टेकपाना टेकपाना

मंसिर ११, २०७८ ९:२

‘अटो सजेस्ट’ले फास्ट होइन, स्लो बनाउँछ मोबाइलको टाइपिङः अध्ययन

काठमाडौं । मोबाइलमा अधिकतम प्रयोग हुने एपहरू म्यासेजिङ एप नै हुन् । यसो हुँदा मोबाइलमा टाइपिङको आवश्यकता धेरै हुन्छ । हालसालैको एक सर्वेक्षणले प्रत्येक दिन अनुभवी व्यक्तिले ४८ मिनेट र भरखर सुरुवात गरेकाले ३० मिनेट टेक्स्ट म्यासेजिङमा समय खर्चिने गरेको देखाएको छ ।

स्मार्टफोनको प्रयोग बढेसँगै म्यासेज गर्ने शैली पनि बदलिएको छ । म्यासेज टाइप गर्दा अनुमानित शब्दहरू पनि किबोर्डको माथितिर देखिन्छन् । जसले गर्दा तपाईंलाई लाग्न सक्छ टाइपिङमा सहजता भइरहेको छ ।

हुन त ‘अटोकरेक्ट’ (स्वतः टाइप हुने तथा शुद्धाशुद्धि हेर्न मिल्ने) को काम नै टाइपिङलाई छिटो बनाउनु हो । यद्यपि यस्ता अटोकरेक्सन फिचरहरू वास्तवमा उचित नहुने अनुसन्धानले देखाएको छ । 

सन् २०१६ मा सार्वजनिक भएको एक अनुसन्धानका अनुसार ‘अटो प्रिडिक्टिभ टेक्स्ट टाइपिङ’ अर्थात मोबाइलले नै स्वचालित रुपमा टाइप गर्न चाहेको शब्द सुझाउने प्रविधि सुधारसँग सम्बन्धित नभएको तथ्य बाहिरिएको थियो । तर उक्त अनुसन्धानमा एउटै कम्पनीका स्मार्टफोन भएका  १७ जना सहभागी थिए । 

सन् २०१९ मा भएको अर्को अध्ययनमा आफ्नै मोबाइल प्रयोग गरिरहेका ३७ हजार स्वयम्‌सेवक सामेल थिए । उनीहरूलाई सम्भव भएसम्म चुस्तदुरुस्त वाक्य सार्न भनिएको थियो ।  सहभागीमध्ये अनुमानित शब्द ‘प्रिडिक्टिभ टेक्स्ट’ सार्नेहरूले प्रति मिनेट ३३ वटा शब्द टाइप गरेका थिए ।

‘प्रिडिक्टिभ टेक्स्ट’ प्रयोग गर्नेले प्रति मिनेट  ३५ शब्द र ‘अटो करेक्सन’ प्रयोग गर्नेले प्रतिमिनेट ४३ शब्द टाइप गरे । त्यसो त ‘प्रिडिक्टिभ टेक्स्ट’ र टाइपिङ स्पिडमा तुलना गर्नु खासै औचित्यपूर्ण देखिँदैन ।

यदि  ‘प्रिडिक्टिभ टेक्स्ट’ ले टाइप गर्नु अघि नै सही शब्द सिस्टमले अनुमान लगाउन सक्ने हो भने समयको बचत चाहिँ हुन पनि सक्छ । तर विभिन्न समयमा गरीएका अध्ययनले ‘प्रिडिक्टिभ टेक्स्ट’ प्रभावकारी नभएको देखाएको छ ।

अध्ययनमा केही आधारभूत परिमितीको निर्माण गरिएको थियो । जसमा पहिलो थियो प्रयोगकर्ताले किबोर्ड थिच्न लगाउने औसत समय । जुन चाहिँ अनुमानित ०.२६ सेकेन्ड थियो ।

दोस्रो थियो, प्रयोगकर्ताले किबोर्डको माथिका सुझाइएका शब्द हेर्न लगाउने र त्यसलाई छनौट्ट गर्न लगाउने समय । जुन समय चाहिँ ०.४५ सेकेन्ड थियो । 

यस बाहेक अन्य परिमितिहरू पनि थिए । यसबाट अनुमानित शब्दहरूमा प्रयोगकर्ता कसरी व्यस्त हुन्छन् भन्ने कुरा विम्बित गर्छ । यो अनुसन्धानमा ‘प्रिडेक्टिभ टेक्स्ट’को उपयोगिताको विषयले प्रयोगकर्तालाई कसरी प्रभाव पार्छ भन्ने कुराहरू हेरिएको थियो ।

पहिलो थियो वाक्यको न्यूनतम लम्बाइ । यसको अर्थ प्रयोगकर्ताले केही निश्चित अक्षर टाइप गरिसकेपछि मात्रै यस्ता  ‘प्रिडिक्टिभ टेक्स्ट’मा हेर्ने गर्छन् ।

तपाईं केवल लामा शब्दहरू (छ अक्षरभन्दा लामा) टाइप गर्दाको समयमा माात्रै ‘प्रिडिक्टिभ टेक्स्ट’ हेर्न पनि सक्नुहुन्छ । किन भने यस्ता शब्दको स्पेलिङ र टाइपिङका लागि धेरै बल गर्नुपर्ने हुन्छ ।

अर्को रणनीति भनेको ‘टाइप गर्ने र हेर्ने’ हो, यसबाट प्रयोगकर्ताले शब्दको पूर्वानुमानतर्फ हेर्नुअघि कति अक्षर टाइप गर्छ भन्ने हो ।

उदाहरणका लागि तपाईं सुरुवाती तीन अक्षर टाइप गरे मात्रै त्यसतर्फ हेर्न सक्नुहुन्छ । यसमा तपाईं जति धेरै अक्षर टाइप गर्नुहुन्छ, सही शब्द अनुमानको रुपमा देखिने सम्भावना त्यति नै बढी हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२