close

सामसङको ‘ग्यालेक्सी एस२३ अल्ट्रा’ मा २०० मेगापिक्सेल क्यामेरा !

टेकपाना टेकपाना

पुस १२, २०७८ १२:४१

सामसङको ‘ग्यालेक्सी एस२३ अल्ट्रा’ मा २०० मेगापिक्सेल क्यामेरा !

काठमाडौं । दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले नयाँ फ्ल्यागशिप सिरिज ‘ग्यालेक्सी एस२२ सिरिज’ ल्याउँदैछ । सन् २०२२ को फेब्रुअरी महिनामा सार्वजनिक हुने अनुमान गरिएको यो फोनका धेरै विवरण अनलाइनमा आइसकेको छ ।

यसैबीच सामसङ ग्यालेक्सी एस२२ सार्वजनिक नहुँदै सामसङ ग्यालेक्सी एस२३ अल्ट्राको सम्भावित फिचर बाहिरिएकाे छ । हालै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा मोडलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुनसक्ने चर्चा गरेका छन् ।

यसअघि नै सामसङले २०० मेगापिक्सेलको क्यामेरा सेन्सरमा काम गरिरहेको घोषणा गरेको थियो । सो सेन्सर सन् २०२३ मा सार्वजनिक हुने सामसङ ग्यालेक्सी एस२३ सिरिजमा प्रयोग हुने अनुमान गरिएको हो ।

यदि यो कुरा सही भयो भने २०० मेगापिक्सेलको क्यामेरा भएको सामसङको यो पहिलो फ्ल्यागशिप फोन हुनेछ । त्यसेगरी यो फोनमा क्वालकमको ‘स्न्यापड्रागन ८ जेन २’ उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२