close

८ जीबी डेटासहित निःशुल्क सिम वितरण गर्दै स्मार्टसेल

टेकपाना टेकपाना

पुस २२, २०७८ १५:५५

८ जीबी डेटासहित निःशुल्क सिम वितरण गर्दै स्मार्टसेल

काठमाडौं । मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले ग्राहकका लागि निःशुल्क रुपमा फोरजी सिम उपलब्ध गराउने भएको छ ।

‘स्मार्टसँग स्मार्ट बनौं’ भन्ने नारासहित कम्पनीले आफ्नो सेवा उपलब्ध ठाउँका ग्राहकका लागि निःशुल्क सिम वितरण थालेको हो ।

यसअन्तर्गत ग्राहकले ८ जीबी निःशुल्क डेटा पाउनेछन् । स्मार्टसेलका अनुसार आफ्नो स्मार्टफोनसहित ग्राहक आफैं स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ ।

जहाँबाट उनीहरुले ८ जीबी डेटासहितको सिमकार्ड निःशुल्क पाउन सक्नेछन् । यद्यपि निःशुल्क सिमकार्डका लागि शर्तहरु लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५