ट्रेन्डिङ:
सुबिसुको २१औं वार्षिकोत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्‍याउन इन्टरनेटको शुल्क घटायौँः सञ्चारमन्त्री निर्वाचनमा प्रभाव पर्नेगरी सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाउन नपाइने, अरु केके गर्न पाइन्छ वा पाइँदैन ?  सेन्जेन सहरमा गुड्न थाले ड्राइभर बिनाका गाडी (भिडिओ सहित) फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा दाङ र सुर्खेतबाट २ जना पक्राउ राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक स्मार्टको डबल डेटा अफर, एक जीबी डेटा लिदा अर्को एक जीबी सित्तैमा
close

सुबिसुको २१औं वार्षिकोत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

टेकपाना टेकपाना

पुस ३०, २०७८

सुबिसुको २१औं वार्षिकोत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट एवं नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभर २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रेडक्रससगँको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

यसअन्तर्गत बालुवाटार काठमाडाैं, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, विर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।

‘कार्यक्रम सफल गराउन सहयोग पुर्‍याउनु भएका सम्पूर्णप्रति कम्पनी आभारी छ र आउने दिनमा यस्तै कार्यक्रमहरु गरी सामाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैव तत्पर छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।