close

सामसङ ग्यालेक्सी एस२२ का तीनवटै फोनमा नयाँ गोरिल्ला ग्लास

टेकपाना टेकपाना

माघ २, २०७८ १२:५७

सामसङ ग्यालेक्सी एस२२ का तीनवटै फोनमा नयाँ गोरिल्ला ग्लास

काठमाडौं । आउँदो फेब्रुअरी ८ मा सार्वजनिक हुने चर्चा गरिएको सामसङ ग्यालेक्सी एस२२ सिरिजबारे विभिन्न खबर आइरहेका छन् । हालै अनलाइनमा भएको एक लिक अनुसार यो सिरिजका तीनवटै फोनमा ‘कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लस’ प्रयोग हुने भएको छ ।

कोर्निङले डेढ वर्षअघि गोरिल्ला ग्लास भिक्टस ल्याएको थियो । त्यसको नयाँ संस्करणको रूपमा ‘गोरिल्ला भिक्टस प्लस’ पहिलो पटक सामसङ एस२२ सिरिजमा प्रयोग हुने भएको हो ।

फ्ल्यागशिप फोनका साथै रग्ड फोनहरूका लागि यो ग्लास तयार पारिएको जनाइएको छ । आइस युनिभर्सका अनुसार ग्यालेक्सी एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीनवटै फाेनकाे ग्लास प्राेटेक्सनका लागि ‘गाेरिल्ला भिक्टस प्लस’ प्रयोग हुनेछ ।

तर यो ग्लास फोनको अगाडि र पछाडि वा केवल अगाडि मात्र प्रयोग हुन्छ भन्ने विषयमा भने केही खुलाइएको छैन ।

यसअघि बाहिरिएका विवरण अनुसार सामसङ ग्यालेक्सी एस २२ अल्ट्रामा एक टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ । त्यस्तै फोनको डिस्प्ले ६.२ इन्चको हुने पनि अनुमान गरिएको छ । फोनमा क्वालकमको नयाँ स्न्यापड्रागन एट जेन वन चिप प्रयोग भएको छ ।

बजारकै चर्चालाई मान्ने हो भने यो फोन सेतो, कालो, गुलाबी रातो र हरियो रङमा उपलब्ध आउनेछ । त्यस्तै फोनमा ३,७०० एमएएचको ब्याट्री उपलब्ध हुने बताइएको छ, जब कि ग्यालेक्सी एस २१ मा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२