close

दूरसञ्चार सेवामा सबै नागरिकको समान पहुँच आवश्यक : मन्त्री कार्की

टेकपाना टेकपाना

माघ ३, २०७८ १६:२४

दूरसञ्चार सेवामा सबै नागरिकको समान पहुँच आवश्यक : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूरसञ्चार सेवाबाट कोही नागरिक पनि वञ्चित हुन नहुने भन्दै यस्तो आधारभूत सेवामा सबैको पहुँच सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

सोमबार जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको निरीक्षण गर्दैै मन्त्री कार्कीले दूरसञ्चार सेवालाई ग्रामीण भेगसम्म विस्तार गर्न आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोभिड-१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न निर्देशन दिए ।

उनले भने, ‘कोरोना भनेर ढिलासुस्ती नगर्नुहोला, कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्छ । प्राधिकरणलाई आवश्यक नीतिगत सहयोग गर्न सरकार तयार छ ।’

साे अवसरमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणबाट भइरहेका कार्यक्रमबारे जानकारी दिँदै दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन आवश्यक नीतिगत सुधारका बारेमा प्रकाश पारे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२