close

क्यामेरा पारखीका लागि भिभोको नयाँ स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

माघ ४, २०७८ २०:५६

क्यामेरा पारखीका लागि भिभोको नयाँ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । भिभोको ‘भी’ सिरिजको पछिल्लो स्मार्टफोन ‘भी२३ ई’ नेपाली बजारमा भित्रिएको छ । सेल्फी फोटोग्राफीमा सौखिन प्रयोगकर्ताका लागि यो स्मार्टफोनमा ५० मेगापिक्सेल अटो फोकस पोट्रेट फ्रन्ट क्यामरा रहेको छ ।

साथै एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो नआउने कम्पनीको भनाइ छ ।

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल भ्यू भिडिओ तथा स्टेडिफेस सेल्फी भिडिओ फिचरका कारण फोटो/भिडिओ खिच्ने शुटिङ एक्सपेरियन्समा यो फोनले निकै सुधार ल्याउने कम्पनीले दाबी गरेकाे छ ।

यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले रहेको छ । त्यस्तै मिडियाटेक हेलियो जी९६ फोरजी चिपसेटबाट यो फोन सञ्चालित छ ।

८ जीबी र्‍याममा उपलब्ध हुने फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिनेछ । साथै यसमा ४ जीबी भर्चुअल र्‍याम थप्न मिल्ने बताइएको छ ।

यो फोनको पछाडि ६४ मेगापिक्सेलको मुख्यसेन्सर सहित ट्रिपल क्यामेरा सेटअप छ ।

त्यस्तै फोनको अगाडि वाटर ड्रप नचसहित ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । ब्याट्री भने ४०५० एमएएच क्षमताको छ, जसमा ४४ वाटको चार्जिङ सपोर्ट छ । नेपाली बजारमा यसको मूल्य १२८ जीबी स्टोरेजको ४४,९९९ रूपैयाँ र २५६ जीबी स्टोरेजको ४९,९९९ रूपैयाँ तोकिएको छ ।

१८ देखि २४ जनवरीसम्म प्रि-बुकिङ गर्ने उपभोक्ताले भिभो डीडब्लूएस २ई पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२