close

टिभी र स्मार्टफोनको ब्राइटनेस नाप्ने ‘निट्स’ के हो र किन आवश्यक छ ?

टेकपाना टेकपाना

माघ ५, २०७८ ९:३०

टिभी र स्मार्टफोनको ब्राइटनेस नाप्ने ‘निट्स’ के हो र किन आवश्यक छ ?

काठमाडौं । कहिल्यै टेलिभिजनको ब्राइटनेसको बारेमा सोच्नुभएको छ ? आखिर केका आधारमा टेलिभिजनको ब्राइटनेस मापन गरिन्छ त ? वास्तवमा टेलिभिजन ब्राइटनेस निट्स (Nits) युनिटमा मापन गरिन्छ ।

निट्सले  टेलिभिजन, स्मार्टफोन, कम्प्युटर मोनिटर, ल्यापटप स्क्रिन वा अन्य डिभाइसको उज्यालो के कति छ भनेर मापन गर्दछ । निट्सको संख्या जति बढी हुन्छ, डिस्प्ले त्यति नै धेरै उज्यालो हुन्छ।

निट्स आखिर के हो त ? 

निट्स ल्याटिन शब्द ‘nitere’ बाट आएको हो, जसको अर्थ ‘चम्कनु’ हो । निट मापनको आधिकारिक एकाइ भने होइन । किनभने यो प्राविधिक रूपमा एकाइहरूको अन्तर्राष्ट्रिय प्रणाली वा कुनै अन्य मापन प्रणालीको अंश होइन ।

आधिकारिक शब्द वास्तवमा ‘क्यान्डेला प्रति वर्ग मीटर’ हो । ‘candela’ ल्याटिन शब्द हो । त्यसैले एक candela एक औसत मैनबत्तिको चमक बराबर हुन्छ । दुई candela दुई मैनबत्तीको चमक बराबर हुन्छ ।

एक candela प्रति एक वर्ग मिटर अथवा एक निट (Nit) भनेको सतहमा चम्कने एक क्यान्डेल हो, जसले एक मिटर माथि र एक मिटर तलको ब्राइटनेस मापन गर्दछ ।

यसलाई सरल भाषामा बुझ्दा तपाईंले १/१ मिटरको पोस्टर समातेको कल्पना गर्नुहोस् । त्यसपछि एउटा  मैनबत्ति बाल्नुहोस् र यसलाई पोस्टर बोर्डको अगाडि समात्नुहोस् ।

मैनबत्तिबाट तपाईंको पोस्टर बोर्डमा हिट हुने प्रकाशको मात्रा एक निट (वा प्रति वर्ग मिटर एक क्यान्डेला) बराबर हुन्छ।

निट (Nit) र लुमेन(lumen) बीच फरक के छ त ?

हामीसँग प्रकाशको तीव्रता नाप्ने एकाइ ‘लुमेन’ छ । आखिर, हामीले लाइट बल्ब, फ्ल्याशलाइट, प्रोजेक्टरमा प्रकाश तीव्रता मापन गर्न लुमेनकै प्रयोग गर्छौं ।

तर निट्स (Nits) र लुमेन (Lumen) ले फरक-फरक चीज मापन गर्छन् । एउटा ठूलो भिन्नता भनेको लुमेन (Lumen) ले निट्स (nits) जस्तै कुनै स्पेसिफिक क्षेत्रलाइ संकेत गर्दैन ।

लुमेनले स्रोतबाट आउने प्रकाशको तीव्रतालाई संकेत गर्छ, चाहे त्यो ठूलो वा सानो होस् । लाइट बल्ब, फ्ल्याशलाइट र प्रोजेक्टरहरू सबै लुमेनमा मापन गरिन्छ ।

लुमेनले प्रोजेक्टर आफैंले उत्सर्जन गर्ने प्रकाशको मात्रालाई संकेत गर्दछ, जबकि निट्सले प्रोजेक्टर स्क्रिनबाट बाहिर निस्केको प्रकाशको मात्रा मापन गर्दछ ।

आखिर निट्स किन आवश्यक छ त ? 

टिभीमा जति धेरै निट्स हुन्छ, डिस्प्ले उति उज्यालो हुन्छ।  उज्यालो कोठामा टेलिभिजनको डिस्प्ले राम्रो नआउन सक्छ । यस्तो अवस्थामा टेलिभिजनको निट्स थोरै छ भन्ने बुझिन्छ ।

त्यसैले टेलिभिजन खरिद गर्दा निट्स पनि एक ख्याल गर्नुपर्ने चिज हो । स्मार्टफोनमा निट्स अझ महत्त्वपूर्ण हुन्छ । तपाईंले पक्कै पनि बाहिर उज्यालो घाममा फोनको प्रयोग गर्नुहुन्छ ।

धेरै निट्स भएको स्क्रिन जतिसुकै उज्यालो घाममा पनि स्पष्ट देखिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२