close

अनलाइनबाट नेपालमै २०० भन्दा बढी कोर्षमा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ

टेकपाना टेकपाना

माघ ७, २०७८ १२:४२

अनलाइनबाट नेपालमै २०० भन्दा बढी कोर्षमा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ

काठमाडौं । इन्सपायर ट्रेनिङ एकेडेमी नेपालले अनलाइनमार्फत विभिन्न विषयका  २०० भन्दा बढी कोर्षको तालिम दिन सुरु गरेको छ । करिब दुई वर्ष अघि स्थापना भएको इन्स्टिच्युटले विशेषगरी सफ्ट स्किल र म्यानेजमेण्ट अन्तर्गतका विषयमा तालिम दिने भएको हो ।

कम्पनीका अनुसार इच्छुक विद्यार्थीहरूले प्रोजेक्ट म्यानेजमेन्ट, एचआर, सेल्स एन्ड मार्केटिङ, करियर डेभलपमेन्ट, पर्सनल डेभलपमेन्ट, बिजनेस इसेन्सियल्स, एड्मिनिस्ट्रेटिभ स्किल, सुपरभिजन एन्ड म्यानेजमेन्ट, माइक्रोसफ्ट अफिस प्याकेज, वर्कप्लेस इसेन्सियल्स जस्ता कोर्षहरू रोजेर लिन सक्छन् ।

इन्सपायर एकेडेमीको वेबसाइटमा उपलब्ध कोर्सहरू सीपीडी र नन-सीपीडी गरी मुख्यतः दुई प्रकारका रहेका छन् । जुन कलेज पढ़ने विद्यार्थी, एनजीओ तथा आईएनजीओ, होटेलदेखि ठूला कर्पोरेट बिजनेसका कर्मचारीका लागि मात्र नभएर उद्योगी र स्टार्टअपका लागि समेत उपयोगी रहेको कम्पनीको दाबी छ ।

यी ट्रेनिङ प्याकेजहरू व्यक्तिगत र कम्पनी प्याकेजमा लिन सकिन्छ । इन्सपायर लर्निङ एकेडेमीको वेबसाइटमार्फत इनरोल गरेर आफूलाई आवश्यक तालिम कार्यक्रममा तुरुन्तै भर्ना हुन सकिने बताइएको छ ।

कर्पोरेट प्याकेजमा केही छुटको सुविधा समेत रहेको छ । कम्पनीका अनुसार सनराइज बैंक , विनरक इन्टरनेसनल, गुर्खा वेलफेयर जस्ता कम्पनीलाई तालिम उपलब्ध गराइसकिएको  छ।

इन्स्टिच्युटका कोर्षहरू हाईल्यान्ड, इस्रम, फिमा, आईएसओ, सीपीडी मेम्बर, आयोस जस्ता विश्व प्रसिद्ध संस्थाहरूबाट सर्टिफाइड तथा मान्यता प्राप्त रहेको बताइएको छ । आफ्नो समय अनुसार ट्रेनिङ लिन सकिने र ट्रेनिङ पश्चात सिस्टमले नै तुरुन्तै सर्टिफिकेट समेत प्रदान गर्ने ई-लर्निङ प्रविधि नेपालमा नया भए पनि विकसित मुलुकहरूमा निक्कै लोकप्रिय छ ।

आफ्नो ई-लर्निङ प्लेटफर्म सामान्य अनलाइन ट्रेनिङ भन्दा धेरै फरक रहेको कम्पनीको दाबी छ । कतार एयरवेजमा धेरै वर्ष लर्निङ र डेभलपमेन्ट डिपार्टमेन्टमा कार्यरत विज्ञहरूको लामो समयको अध्ययन र अनुसन्धान यी कोर्ष तयार पारिएका हुन् ।

अहिले नेपाल सहित कतार, स्पेन, भारत लगायतका देशमा इन्सपायर ट्रेनिङ एकेडेमीका शाखाहरू सञ्चालनमा छन् । कतार एयरवेजका ट्रेनिङ ऐड्मिन, एचआर, अपरेसन जस्ता क्षेत्रमा १०-१५ वर्ष काम गरेका युवाहरूले इन्सपायर ट्रेनिङ एकेडेमी नेपाल सञ्चालनमा ल्याएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२