close

जहाँ आईफोनदेखि म्याकसम्मका एप्पल उत्पादनमा विद्यार्थीलाई दिइन्छ १०% छुट 

टेकपाना टेकपाना

माघ २२, २०७८ २०:२०

जहाँ आईफोनदेखि म्याकसम्मका एप्पल उत्पादनमा विद्यार्थीलाई दिइन्छ १०% छुट 

काठमाडौं । तपाईँलाई थाहा नहुन सक्छ एप्पलले आफ्ना उत्पादन खरिद गर्ने विद्यार्थीलाई विशेष छुट दिने गर्दछ । कम्पनीले आफ्ना आधिकारिक एप्पल स्टोरमार्फत विद्यार्थी लगायत शैक्षिक क्षेत्रका ग्राहकलाई यस्तो छुट उपलब्ध गराउँछ । 

यसअनुसार आईफोन, आईप्याड, म्याक, वाच, एयरपड लगायतका एप्पल डिभाइसमा १० प्रतिशत छुट पाउन सकिन्छ । एप्पल म्युजिकमा त झन् यसप्रकारको छुट ५० प्रतिशत रहेको छ ।

एप्पलका उत्पादन धेरै महँगा हुने भएकाले यो छुट विद्यार्थीका लागि निकै उत्साहको विषय हो । तर यस किसिमको छुट सबै मुलुक तथा सबै एप्पल स्टोरमा भने उपलब्ध हुँदैन ।

कम्पनीका एजुकेसन स्टोरमा मात्रै यो सुविधा पाउन सकिन्छ । यदि तपाईँ अमेरिकामा हुनुहुन्छ भने त झन् विद्यार्थी भएको प्रमाणित समेत गर्नु नपर्ने घोषणा कम्पनीले गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२