close

टिभीमा रोकिएन विदेशी विज्ञापन, अटेर गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

टेकपाना टेकपाना

फागुन १२, २०७८ १७:१५

टिभीमा रोकिएन विदेशी विज्ञापन, अटेर गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार अघिल्लो वर्षको कात्तिक ७ देखि क्लिन फिड नीति लागू गरेको छ ।

कानूनी रुपमै क्लिन फिड लागू गरिएको भएता पनि केही विदेशी च्यानलमा अझै पनि विज्ञापन बज्ने गरेको पाएपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीवार सूचना जारी गर्दै यस्तो काम नगर्न निर्देशन दिएको हो ।

‘नेपालमा विदेशी च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विज्ञापन बोर्डबाट भएको अनुगमनका क्रममा केही एमएसओ तथा एलसीओहरुले विदेशी टेलिभिजनमा विज्ञापनसहित प्रसारण गरेको पाइयो ।’

यस्ता गैरकानूनी प्रसारण तत्काल नरोकेको खण्डमा कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने समेत विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३