close

सामसङले आफ्नो कुनै पनि उत्पादन रुसमा नपठाउने 

टेकपाना टेकपाना

फागुन २१, २०७८ १८:२५

सामसङले आफ्नो कुनै पनि उत्पादन रुसमा नपठाउने 

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि सामसङले रुसमा आफ्ना उत्पादनहरूको निर्यात रोक्ने भएको छ । युक्रेनको जटिल अवस्थालाई कम्पनीले निगरानी गरिरहेको र युक्रेनमा ६० लाख डलर सहयोग पनि गरेको सामसङले ब्लुमबर्गलाई बताएको छ । सहयोग रकम मध्ये १० लाख डलर मूल्य बराबरको विद्युतीय सामानहरू पनि रहेका छन् । 

ब्लुमबर्गका अनुसार कम्पनीले रुसमा आफ्नो स्मार्टफोन, चिप्स र अन्य विद्युतीय उपकरणहरू लगायत सम्पूर्ण उत्पादनहरूको आपूर्तिमा रोक लगाएको हो । युक्रेनी उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले अन्य कम्पनीहरू जस्तै सामसङलाई पनि आफ्नो उत्पादनहरूको निर्यात रुसमा रोक्नको लागि अनुरोध गरेपछि सामसङले आफ्नो निर्यात रोकेको हो ।

यो भन्दा अगाडि एप्पलले पनि उपप्रधानमन्त्री फेडोरोभ कै अनुरोधमा आफ्नो सबै उत्पादनको बिक्रीमा रोक लगाएको थियो । माइक्रोसफ्टले पनि रसियामा सबै नयाँ उत्पादन र सेवाहरूको बिक्री निलम्बित गरेको छ। काउन्टरपोइन्टको अनुसार रुसमा सामसङको ३० प्रतिशत बजार हिस्सा छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२