close

खल्तीमा बैंक खाता लिंक गर्दा तुरून्तै १०० रूपैयाँ बोनस

टेकपाना टेकपाना

चैत १०, २०७८ १३:२०

खल्तीमा बैंक खाता लिंक गर्दा तुरून्तै १०० रूपैयाँ बोनस

काठमाडौं । खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा १०० रुपैयाँ बोनस पाइने भएकाे छ । रकम लोड गर्ने झन्झटबाट मुक्त गरी अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले याे अफर पुनः ल्याएको कम्पनीले जनाएकाे छ ।

पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्तालाई मात्र बोनस उपलब्ध हुने जनाइएकाे छ । हाल खल्तीमा लिङ्क गर्न योग्य २० बैंक उपलब्ध छन् ।

बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ । यो अफर बुधबार (चैत ९) गतेदेखि वैशाख ८, २०७९ सम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

प्रयोगकर्ताले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्डमै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् ।

यसले सबैलाई तुरुन्तै विद्युत, खानेपानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाको झन्झटमुक्त भुक्तानी गर्न सकिने खल्तीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२