close

विद्युतीय सवारी किन्न चाहनुहुन्छ ? एनएमबि बैंकले दिँदैछ ऋण

टेकपाना टेकपाना

चैत १९, २०७८ १८:४६

विद्युतीय सवारी किन्न चाहनुहुन्छ ? एनएमबि बैंकले दिँदैछ ऋण

काठमाडौं । विद्युतीय सवारी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै एनएमबि बैंकले विद्युतीय सवारी कर्जा ल्याएको छ ।

यो कर्जा योजना अन्तर्गत ग्राहकले सवारी लागतको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजनाको सुविधा एक महिनासम्म लिन सकिनेछ ।

अहिले निक्षेपमा दिइने ब्याजदरभन्दा १ प्रतिशत थप गरेर विद्युतीय सवारी कर्जा उपलब्ध गराइने बैंकले जनाएकाे छ ।

साथै सोलारबाट विद्युत् उत्पादन गर्नेलाई पनि कम्पनीले सहुलियत रूपमा ऋण उपलब्ध गराउने जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३