close

दराजबाट वर्ल्डलिंकको इन्टरनेट प्याकेज किन्दा २ हजार छुट

टेकपाना टेकपाना

बैशाख १, २०७९ १८:१२

दराजबाट वर्ल्डलिंकको इन्टरनेट प्याकेज किन्दा २ हजार छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ इन्टरनेट प्याकेज किन्न चाहने ग्राहकलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

यसअन्तर्गत ईकमर्स प्लेटफर्म दराजबाट इन्टरनेट प्याकेज किन्ने ग्राहकले दुई हजार छुट पाउने कम्पनीले जनाएको छ ।

यो अफर आज वैशाख १ गते अर्थात् २४ घण्टाका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत २००, २२५, २५० र ३०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज किन्दा ग्राहकले निर्धारित मूल्यभन्दा दुई हजार रूपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४