close

फुडमान्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १५:१०

फुडमान्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । अनलाइन फुड डेलिभरी सेवा फुडमान्डुले ठूलाे संख्यामा डेलिभरी राइडर माग गरेकाे छ ।

पार्टटाइम र फुलटाइमका लागि कम्पनीले १५० जना डेलिभरी राइडर माग गरेको हो ।

बिहान ८ बजेदेखि राति १० बजेभित्रको समयमा फरक फरक समयमा शिफ्टिङ हुने गरी कम्पनीले इच्छुक व्यक्तिबाट आवेदन मागेकाे छ ।

जागिरका लागि आवेदन दिन आफ्नै सवारी र लाइसेन्स अनिवार्य गरिएकाे छ ।

कम्पनीकाे ईमेल ठेगानामा आवेदन पठाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२