close

एलन मस्क भन्छन्ः ‘वोक माइन्ड भाइरस’ले नेटफ्लिक्सलाई हेर्न नालायक बनाइरहेको छ

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १६:३२

एलन मस्क भन्छन्ः ‘वोक माइन्ड भाइरस’ले नेटफ्लिक्सलाई हेर्न नालायक बनाइरहेको छ

काठमाडाैं । नेटफ्लिक्सको ग्राहक सङ्ख्या पछिल्लो १० वर्षमै पहिलो पटक घटेको छ । सन् २०२२ को पहिलो तीन महिनाको अवधिमा कम्पनीले दुई लाखभन्दा बढी सब्सक्राइबर गुमाएको हो ।

नेटफ्लिक्सको नाफा वा घाटासँग विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको सोझो रुपमा कुनै लिनुदिनु छैन । तर एक प्रयोगकर्ताको रुपमा एलन मस्कले नेटफ्लिक्सलाई उडाएका छन् ।

मस्कले ट्वीट गर्दै नेटफ्लिक्स ‘वोक माइन्ड भाइरस’ (Woke Mind) मानसिकताबाट ग्रसित रहेको बताएका छन् । जसका कारण नेटफ्लिक्सका कन्टेन्ट हेर्न लायक समेत बाँकी नरहेको उनको भनाइ छ ।

एलन मस्कले ओरिजिनल मुभी र शो बनाउने नेटफ्लिक्सको तरिकालाई विवादित बनाइदिएका छन् । उनले भनेका  कम्पनीलाई केही नभए पनि साइन्स, फिक्सन र फेन्टासी फिल्म बनाउनुपर्ने बताएका छन् ।

के हो एलन मस्कले भनेको ‘वोक माइन्ड’ ?

वोक (Woke) को अर्थ समाजमा हुने नश्लीय भेदभावसँग जोडिएको छ । वास्तवमा एलन मस्कको भनाइमा नेटफ्लिक्स प्लेटफर्म नश्लभेदको विषयमा अलि बढी नै असंवेदनशील भएको र जसले गर्दा त्यसमा नश्लीय भेदभाव बाहेकका कुनै नयाँ सामग्री छैनन् ।

सबैभन्दा पहिलो पटक काला जाती अर्थात अश्वेतहरूले नस्लीय विभेद विरुद्ध ‘वोक’ शब्दको प्रयोग गरेका थिए । मस्कले त्यही ‘वोक’ यानिकी नश्लभेदको विषयमा संवेदनशील हुन भनिरहेका छन्, जसलाई उनले ‘वोक माइन्ड भाइरस’ नाम दिएका छन् ।

नेटफ्लिक्सले सन् २०२२ को पहिलो तीन महिनामा सब्सक्राइबर घट्दाको नराम्रो घाटा ब्यहोर्नु परेको छ । जसबाट नेटफ्लिक्सको शेयर मूल्यमा २० प्रतिशतले गिरावट आएको छ ।

नेटफ्लिक्सको शेयरको कुरा गर्ने हो भने गएको बुधबार कम्पनीको शेयरले नराम्रो स्थिति ब्यहोर्नु पर्‍यो । बुधबार नेटफ्लिक्सको शेयर मूल्यमा ३२ प्रतिशतले गिरावट आउँदा २२६.५० अमेरिकी डलरको तल्लो स्तरमा आएको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२