close

सीजीको इन्टरनेट अब एक महिनासम्म निःशुल्क चलाउन सकिने

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १२:५०

सीजीको इन्टरनेट अब एक महिनासम्म निःशुल्क चलाउन सकिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजी नेटका ग्राहकले अब एक महिनासम्म इन्टरनेटको नि:शुल्क अनुभव गर्न पाउने भएका छन् । यसअघि कम्पनीले १५ दिनसम्म ‘फ्री ट्रायल’ काे अवसर दिएकाे थियाे ।

अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा ल्याएकाे हो । यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउनुपर्नेछ ।

यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन् । सीजी टेलिकमले काठमाडौं उपत्यकासहित हालै हेटौँडा, नवलपुर, बुटवल र भैरहवामा पनि इन्टरनेट विस्तार गरेकाे छ ।

यसरी ‘फ्री ट्रायल’को रुपमा इन्टरनेट जडान गर्न चाहने प्रयोगकर्ताले डुअल ब्यान्ड वा सिङ्गल ब्यान्ड राउटर रोजेर लिन पाउने र स्पिडमा समेत १२० एमबीपीएस र ५० एमबीपीएस मध्ये रोज्न पाउने कम्पनीले जनाएको छ ।

सीजीनेटको इन्टरनेट निःशुल्क प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

साथै एनसेल प्रयोगकर्ताले यहाँ थिचेर तथा नेपाल टेलिकम प्रयोगकर्ताले यहाँ थिचेर फोन मार्फत समेत इन्टरनेटको फ्री ट्रायलका लागि अनुरोध गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२