close

सुरक्षित रूपमा यसरी चलाउनुहोस् स्मार्टफोन

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १४:३५

सुरक्षित रूपमा यसरी चलाउनुहोस् स्मार्टफोन

काठमाडौं । स्मार्टफोन अब सञ्चारको माध्यम मात्र रहेन ,अब यो हाम्रो वालेट, हाम्रो फोटो एल्बम अनि हाम्रो बैंक पनि भइसक्यो । यस्ता कारणले गर्दा स्मार्टफोन हाम्रा लागि निकै नै महत्त्वपुर्ण बन्दै गइरहेको छ ।

त्यसैले यसलाई सुरक्षित राख्नु पनि उत्तिकै आवश्यक बनिसकेको छ । फोन सुरक्षित राख्नका लागि पैसा खर्च गर्नुपर्छ भन्ने चाहिँ पक्कै होइन । आज भोलिका एन्ड्रोइड स्मार्टफोनमा डिभाइसको सुरक्षाका लागि प्रोटेक्सन टुल्स राखिएको हुन्छ ।

यस बारेमा तपाईंले जानकारी राख्नु तपाईंको डिभाइस तपाईंको डेटा सुरक्षाका लागि राम्रो हुनेछ । एन्ड्रोइड डिभाइसको सुरक्षाको लागि एकदमै आवश्यक केही सेटिङ र टिप्सबारे आज हामी चर्चा गर्दै छौं ।

१. स्क्रिन लक प्रयोग गर्नुहोस् 

सुन्दा सामान्य लागे पनि आफ्नो डिभाइसको सुरक्षाका लागि सबैभन्दा सुरुमा गर्नुपर्ने काम भनेको स्क्रिन लक राख्नु हो । आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा भएको स्क्रिन लक मध्येको पिन, प्याटर्न अथवा पासवर्ड अप्सन प्रयोग गरेर आफ्नो डिभाइस सुरक्षित राख्न सक्नुहुन्छ ।

आजभोलि त धेरैजसो एन्ड्रोइड डिभाइसमा फिङ्गर प्रिन्ट र फेस रिक्गनिसन फिचर पनि आइसकेको छ, जसले तपाईंको स्क्रिन लकलाई अझ बढी सुरक्षित बनाइदिन्छ । 

२. लक स्क्रिन सेक्युरिटी अप्सन प्रयोग गर्नुहोस् 

तपाईंको आफ्नो फोन लक हुदाँ स्क्रिनमा कस्ता खाले नोटिफिकेसन मात्र हेर्न सकिने भनेर छनौट गर्न सक्नुहुन्छ । स्क्रिन लकमा देखिने केही निश्चित एपहरूको मात्र नोटिफिकेसन देखिने वा सबै फोनको नोटिफिकेसन अफ गर्ने वा अन गर्ने त्यो तपाईंको आवश्यकता अनुसार गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईं आफ्नो सेटिङमा गएर नोटिफिकेसन भन्ने अप्सनमा जानुहोस् र आफूले चाहेअनुसारको नोटिफिकेसनको सेटिङ परिवर्तन गर्नुहोस् । नोटिफिकेसनका केही अप्सनहरू एन्ड्रोइड ११ वा सोभन्दा माथिकोमा मात्र उपलब्ध हुनसक्छ । 

३. फाइन्ड माई डिभाइस 

गुगलको यो फिचर तपाईंको डिभाइस खोज्नका लागि एउटा महत्त्वपूर्ण डिभाइस हो । पहिले यो फिचरलाई एन्ड्रोइड डिभाइस म्यानेजरको रुपमा चिनाइएको थियो । पछि गुगलले यसलाई अपडेट गर्दै ‘Find My Device’ को नाम दिएको हो ।

यो फिचर प्रयोग गरेर तपाईंले आफ्नो डिभाइस कहाँ छ भनेर पत्ता लगाउन सक्नुहुन्छ र डिभाइस पत्ता नलाग्दासम्म उक्त डिभाइसलाई लक पनि गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो डिभाइसको सेटिङ अप्सनमा गएर त्यहाँ सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि फाइन्ड माई डिभाइस भन्ने अप्सनलाई अन गर्नहोस् । तर यदि तपाईंको डिभाइसमा लोकेसन अन छैन भने यो फिचरले काम गर्दैन । यो फिचरले तपाईंको हराएको फोन भेटाउन मात्र मद्दत गर्दैन ।

यसले तपाईंको डाटाहरू सुरक्षित राख्छ र यदि तपाईंले फेला नपार्ने गरी हराएको खण्डमा यो फिचरले तपाईंको डाटा डिभाइसबाट हटाउन पनि मद्दत गर्दछ । 

४. स्मार्ट लक प्रयोग गर्नुहोस् 

कहिले काहीँ तपाईंलाई तपाईंको फोन अनलक गरेर नै राख्नुपर्ने हुनसक्छ । विशेष गरेर यो फिचरले तपाईंको फोन तपाईंसँगै भएको बेला फोनलाई अनलक नै राखिराख्छ ।

आफ्नो पिन, प्याटर्न अथवा पासवर्ड प्रयोग गरेर तपाईंले आफ्नो फोन स्मार्टफोन मार्फत अनलक राख्न सक्नुहुन्छ । यसको लागि सेटिङ भित्र गएर लक स्क्रिन भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले स्मार्ट लक भन्ने अप्सन देख्नुहुन्छ त्यहाँ क्लिक गर्नुभएपछि फोनको लक अप्सनमा के छ त्यही राख्नुहोस् ।

त्यहाँ तीन वटा अप्सन आउँछ; पहिलो बडि डिटेक्सन, जसले तपाईंले फोन पकेटमा राख्नुभएको छ भने यसले बडि डिटेक्ट गरेर डिभाइस अनलक राखिदिन्छ ।

त्यस्तै तपाईंले फोन आफ्नो भरपर्दो ठाउँहरूमा र आफ्नो भरपर्दो डिभाइसहरूको छेउमा हुदाँ फोन अनलक राख्नसक्नुहुन्छ । यदि तपाईंले चार घण्टा सम्म लगातार फोन चलाउनु भएन भने फोन स्वत: लक हुन्छ । यो फिचर एन्ड्रोइड १० देखि माथिको फोनमा मात्र उपलब्ध छ । 

५. गुगल प्ले प्रोटेक्ट 

गुगल प्ले प्रोटेक्टले प्रयोगकर्ताको डिभाइसलाई मालवेयरबाट सुरक्षित राख्न मद्दत गर्दछ । यो फिचरले तपाईंले प्ले स्टोरबाट डाउनलोड गर्नु खोज्नुभएको एप सुरक्षित छ कि छैन भनेर परिक्षण गर्छ र प्रयोगकर्तालाई यो विषयमा सचेत गराउँछ ।

त्यस्तै तपाईंको डिभाइसमा भएको कुनै एपले गुगलको सफ्टवेयर पोलिसी उल्लघंन गरिरहेको छ भने पनि यसले तपाईंलाई नोटिफिकेसन, प्राइभेसी अलर्ट मार्फत सचेत गराउँछ ।

धेरैजसो समयमा यो स्वत: रुपमा इनेबल भएको हुन्छ । तर केही कारणले यदि यो फिचर डिसेबल भएको छ भने तपाईंले आफ्नो सेटिङको सेक्युरिटि अप्सनमा गएर गुगल प्ले प्रोटेक्टलाई इनेबल गराउन सक्नुहुन्छ । 

६. क्रोममा सुरक्षित ब्राउजर मात्र प्रयोग गर्नुहोस् 

हरेक एन्ड्रोइड डिभाइसमा क्रोम डिफल्ट ब्राउजरको रुपमा हुन्छ र सो ब्राउजर सेफ ब्राउजिङ मोडमा हुन्छ जसले डिभाइसलाई असुरक्षित वेबसाइटबाट जोगाउछ । यो फिचर इनेबल गर्नको लागि क्रोम ओपन गरेर त्यहाँ भएको तीनवटा डटमा क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् । त्यहाँ भएको सिंक (sync) को अप्सनलाई अन गरिदिनुहोस् । 

७. गुगल सेक्युरिटीलाई समय समयमा चेक गरिरहनुहोस् 

तपाईंको गुगल अकाउन्टलाई सुरक्षित राख्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्युरी नियमित रुपमा चेक गर्ने । गुगलले आफ्नो सुरक्षाका मुद्दाहरूलाई विभन्न क्याटगरीमा छुट्टाएको छ; योर डिभाइस, रिसेन्ट सेक्युरिटी इभेन्टस्, थर्ड पार्टी एक्सेस र साइन इन एण्ड रिकभरी । यी विभिन्न माध्यमहरू मार्फत तपाईंले आफ्नो गुगल अकाउन्टको सुरक्षा जाँच गर्नसक्नुहुन्छ । 

८. एप पर्मिसनको व्यवस्थापन 

डिभाइसको सुरक्षाको लागि आफूले डाउनलोड गरेका एपहरूको जाँच गर्न जरुरी छ । एपहरूमा पनि धेरै प्रकारको मालवेयर हुने जसले तपाईंको डाटा सुरक्षालाई खतरा हुने हुदाँ कुनै पनि एपलाई कस्तो प्रकारको पर्मिसन दिने भन्ने विषयमा जान्न जरुरी छ । त्यसैले आफैले एपहरूको व्ययवस्थापन समय समयमा गरिरहन उचित हुन्छ । 

९. गुगल अकाउन्टबाट प्रयोग भएका कमजोरी पासवर्ड पत्ता लगाउनुहोस् 

प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट प्रयोग भएका विभिन्न अकाउन्टमा कमजोर पासवर्ड प्रयोग भएको हुनसक्छ जसले गर्दा तपाईंको डेटा असुरक्षित हुनसक्छ ।

आफूले प्रयोग गरेका पासवर्डहरू बलियो छ कि छैन भनेर थाहा पाउन डेस्कटपमा passwords.google.com टाइप गर्नुहोस् र त्यहाँ दिइएका निर्देशन फलो गरेर आफूले प्रयोग गरिरहेका साइटहरूमा पासवर्ड चेक गर्न सक्नुहुन्छ । 

याे पनि पढ्नुहाेस्: स्मार्टफोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको वेबक्याम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२