टेलिकमको वेबसाइट र एपबाट के के पाइन्छ सेवा ?

काठमाडौं । पछिल्लो समय धेरैजसो सेवा अनलाइनमा रूपान्तरण भएका छन् । अनलाइनबाटै सेवा लिने र त्यसको भुक्तानी पनि अनलाइनबाट गर्न सकिने हुँदा प्रयोगकर्ता पनि अनलाइनमै अभ्यस्त हुन थालेका छन् ।
यस्तोमा दूरसञ्चार सेवा प्रदायक कम्पनीले पनि आफ्ना प्रयोगकर्तालाई धरैजसो सेवा अनलाइनमार्फत नै उपलब्ध गराइरहेका छन् ।
हुन त सबैभन्दा महत्वपूर्ण सेवा सिमकार्ड लिन भने अझै पनि कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । सायद ई–सीम सञ्चालनमा आएपश्चात सिमकार्ड लिन कार्यालय जानुपर्ने बाध्यताको अन्त्य होला ।
तर, हालको अवस्थामा सिमकार्ड निकाल्ने बाहेकका धेरैजसो सेवा अनलाइनबाटै उपलब्ध हुन थालेको छ ।
यस्तोमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकलाई वेबसाइट तथा एपमार्फत के-कस्ता सेवा उपलब्ध गराइरहेको छ भन्ने विषय यहाँ हामी जानकारी दिँदैछौं ।
वेबसाइटमार्फत उपलब्ध हुने सेवा
–रिचार्ज कार्डमार्फत रिचार्ज गर्ने सुविधा
–डेबिट तथा क्रेडिट कार्डमार्फत रिचार्ज गर्ने सुविधा
-प्याकेज खरिद
मोबाइल एपमार्फत लिन सकिने सेवा
-रिचार्ज
-ब्यालेन्स ट्रान्सफर
-ब्यालेन्सको जानकारी लिने
-प्याकेज खरिद
-भोल्युमको जानकारी
-अरुलाई प्याकेज गिफ्ट गर्ने
-बिल भुक्तानी
-ट्यारिफ रेटको बारेमा जानकारी लिने