close

रूस-युक्रेन युद्धमा ड्रोनको प्रयोग बढेपछि चिनियाँ कम्पनीले बन्द गर्‍यो उत्पादन

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १८:८

रूस-युक्रेन युद्धमा ड्रोनको प्रयोग बढेपछि चिनियाँ कम्पनीले बन्द गर्‍यो उत्पादन

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ड्रोन निर्माता कम्पनी ‘डीजेआई’ ले रुस र युक्रेनमा आफ्नो सम्पूर्ण व्यावसायिक गतिविधि बन्द गरेको छ ।

युद्ध सुरु भएसँगै युक्रेनले कम्पनीलाई रुसले प्रयोग गरिरहेको ड्रोनलाई रोक्नका लागि आग्रह गरेको थियो । त्यसैका आधारमा कम्पनीले यो निर्णय लिएको हुनसक्ने आँकलन गरिएको छ ।

हुन त कम्पनीले यो निर्णय कुनै देशको पक्षमा बसेर नलिएको बताएको छ । तर, कम्पनीले आफूले निर्माण गरेको ड्रोन युद्धका लागि नभएको बताएको छ । तर, युक्रेनी यूएभी महासंघका अध्यक्ष टारास ट्रोइकले कम्पनीले रुसलाई आफ्नो ड्रोन युद्धमा प्रयोग गर्नबाट रोक्नेमा शंका रहेको बताएका छन् ।

उनले अबको केही दिनमा स्टोरमा रहेको ड्रोन समाप्त भएको अवस्थामा पनि रुसलाई चीनबाटै सोझै उपलब्ध गराउनसक्ने बताए ।

पछिल्लो समय रूसी सैनिकले छोटो दूरीका लागि ड्रोनको निकै प्रयोग गरिरहेका छन् । विशेषगरी सैनिक कहाँ छन् भन्ने जानकारी लिन र त्यसैका आधारमा युद्ध गर्न यसले मद्दत गरिरहेको दावी ट्रोइकको छ ।

तर, कम्पनीले भने रूस र युक्रेनमा रहेको आफ्नो प्लान्ट लगायतको व्यावसायिक क्रियाकलाप तत्कालका लागि बन्द गर्ने निर्णय भइसकेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२