close

फेसबुकमा सबैभन्दा पहिले के पोस्ट गर्नुभएको थियो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १०:१२

फेसबुकमा सबैभन्दा पहिले के पोस्ट गर्नुभएको थियो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

काठमाडौं । तपाईंले फेसबुकमा गरेको पहिलो पोस्ट के थियो, कहिल्यै याद गर्नुभएको छ ? लामो समयदेखि फेसबुक चलाउँदै आउनुभएको छ भने तपाईंले विगतमा गरेका पोस्टहरु के कस्ता थिए भनेर फर्केर हेर्न चाहनुहुन्छ होला ।

तर टाइमलाइन स्क्रोल गरेर तपाईंले फेसबुक अकाउन्ट खोलेको समयको पोस्ट हेर्न निकै समय लाग्छ । आज हामी निकै सजिलोसँग तपाईंले सबैभन्दा सुरुमा गर्नुभएको पोस्ट के थियो भनेर थाहा पाउने तरिकाबारे चर्चा गर्छौं ।

यसका लागि पहिले आफ्नो फेसबुक अकाउन्टमा जानुहोस् । त्यसपछि छेउमा रहेको थ्री डट आइकन थिच्नुहोस् ।  

-डेट अप्सन छान्नुहोस् ।

-त्यहाँ गएर सबैभन्दा पुरानो वर्ष छान्नुहोस् ।  

-त्यसपछि महिना पनि त्यसरी नै छान्नुहोस्। 

-यति गरिसकेपछि त्यस महिनाको सबै पोस्ट हेर्न सक्नुहुन्छ ।  

यसरि विगत लामो समयदेखि फेसबुक चलाउँदै आएपनि आफूले गरेको पहिलो पोस्ट के थियो हेर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२