close

कार्यालयमा हाइजेनिक खाजा पुर्‍याउन लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लञ्च प्याक’

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १४:४२

कार्यालयमा हाइजेनिक खाजा पुर्‍याउन लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लञ्च प्याक’

काठमाडौं । अनलाइन फुड डेलिभरी सेवा लस्कर फुड्सले कर्पोरेट लञ्च प्याक ल्याएको छ ।

कर्पोरेट कार्यालयहरुलाई लक्षित गर्दै लस्करले नयाँ प्याक सञ्चालमा ल्याएको हो । हालै गरिमा विकास बैंकले यो प्याकको पहिलो सदस्यता लिएको छ ।

हालै लस्करसँग सम्झौता गर्दै बैंकले आफ्ना शाखा कार्यालयका लागि यस्तो लञ्च प्याकेज लिने निर्णय गरेको हो ।

हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर ल्याइएकाे याे प्याकेजअन्तर्गत ग्राहकले चाहेका खानेकुरा सजिलैसँग घर/कार्यालयमा पुर्‍याउने कम्पनीकाे लक्ष्य छ ।

काठमाडौं उपत्यकाका कार्यालयलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२