close

राष्ट्रिय परिचयपत्र, राहदानी आदिका आधारमा मतदान गर्न पाइने

टेकपाना टेकपाना

बैशाख २८, २०७९ २०:५७

राष्ट्रिय परिचयपत्र, राहदानी आदिका आधारमा मतदान गर्न पाइने

काठमाडौं । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा राष्ट्रिय परिचयपत्र र राहदानी लगायतका परिचय खुल्न कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था मिलाएको हो ।

आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न पाइनेछ ।

यस्ता सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२