२०७९, १७ असार शुक्रबार   |  
Friday 1st July 2022

डिशहोमको फाइबरनेट अब सातै प्रदेशमा, कहाँ कहाँ छ सेवा ?

dish home fibernet coverage

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको छ ।

कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार डिशहोम फाइबरनेट प्रदेश नं १ को इनरुवा, इटहरी, धरान, विराटनगर, विर्तामोड, दमक, बाहुनडाँगी र काँकडभिट्टामा उपलब्ध छ ।

त्यसैगरी मधेश प्रदेशमा वीरगंज, कलैया, ढल्केबर, सर्लाही, बर्दिबास, जनकपुर र लाहानमा डिशहोम फाइबरनेट उपलब्ध छ भने बागमती प्रदेशको नारायणगढ, भरतपुर, हेटौंडा, ललितपुर, काठमाडौं,भक्तपुर, बनेपा र पनौतीमा उपलब्ध छ ।

गण्डकी प्रदेशमा हेम्जा, पोखरा, मझेरीपाटन, नवलपुर, गोरखा र गैँडाकोटमा उपलब्ध छ भने लुम्बिनी प्रदेशमा तुलसीपुर, नेपालगञ्ज, बाँके, दाङ, भैरहवा, बुटवल र तानसेनमा डिसहोमको फाइबरनेट उपलब्ध छ ।

यस्तै कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, अत्तरीया र धनगढीमा पनि फाइबरनेट सेवा पुगिसकेको कम्पनीले बताएको छ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team