close

घरेलु हिंसा रोक्न स्मार्ट स्प्रे, यसरी हुँदैछ प्रयोग

टेकपाना टेकपाना

जेठ ६, २०७९ १३:३९

घरेलु हिंसा रोक्न स्मार्ट स्प्रे, यसरी हुँदैछ प्रयोग

काठमाडौं । घरेलु हिंसा विश्वभर हुन्छ । यसलाई नियन्त्रण गर्न विभिन्न किसिमका तरिकाको समेत खोजी भइरहेको छ । कतिपय समय प्रमाणको अभावका कारण हिंसा गर्ने व्यक्तिलाई सजाय हुँदैन र पीडितलाई न्याय मिल्दैन ।

तर यसमा पनि विज्ञानले मद्दत गर्न सक्छ । यसबाट कसरी घरेलु हिंसा गर्नेमाथि लगाम कस्न र पीडितलाई न्याय दिलाउने तयारी भइरहेको भन्ने विषयमा आज हामी चर्चा गर्दैछौँ । क्यानमा फरेन्सिक स्प्रे भरिएको छ, जसको प्रयोग घरेलु हिंसालाई रोक्नका लागि गरिँदैछ ।

तपाईँले यसलाई सामान्य तरिकाबाट हेर्न सक्नुहुन्न । तर यूभी लाइट अन गर्ने बित्तिकै तपाईँले यसका निसान देख्न सक्नुहुन्छ । पहिलो पटक यसको प्रयोग प्रताडनाको मामिलामा सजाय दिलाउनका लागि प्रयोग गरिएको छ ।

बेलायतमा एक व्यक्तिलाई जेलको सजाय भएको छ । जसलाई आफ्नो पूर्व प्रेमिकाबाट टाढा रहने आदेश दिइएको  थियो । तर त्यसपछि पनि उक्त व्यक्ति घर पुगेपछि महिलाले उसमाथि स्प्रे गरिदिइन् ।

ल्याबमा फरक फरक प्रकारका चिज मिलाएर यस किसिमको स्प्रे तयार गर्ने गरिन्छ । स्मार्ट वाटरकी निर्देशक रेचल ओकलीले बीबीसीसँग भनेकी छिन्, ‘म यसको सिक्रेट स्रोतको राज बताउन सक्दिनँ ।

तर म यति भन्न सक्छु कि यो स्प्रे यस्ता तत्त्वबाट बनेको छ, जुन प्राकृतिक रुपमा विश्वमा पाउन सकिँदैन । र जहाँ अपराध भएको छ, त्यहाँबाट यसलाई जोड्न सकिन्छ । सीसीटिभीबाट व्यक्तिको पहिचान हुनसक्छ भन्ने निश्चित छैन, खासगरी यदि अनुहार छोपिएको छ भने ।’

यो विषयमा केही समयदेखि सोचविचार चलिरहेको छ । सन् १९९६ बीबीसीको एक कार्यक्रममा समेत यसको बारेमा कुराकानी भएको थियो । तर घरेलु हिंसामा यसको प्रयोग नयाँ आइडिया हो । प्रहरीले समेत यो कामयाबी रहेको बताएको छ ।

वेस्ट यार्कशायर पुलिसका लि बेरी भन्छन्, ‘अपराध गर्नेहरूलाई हामी यो भन्छौँ कि यदि तपाईँ पुनः उही स्थानमा जानुभयो र शर्त तोड्नु भयो र अपराध गर्नु भयो भने फरेन्सिक तरिकाबाट तपाईँको निसान पहिचान हुनेछ र तपाईँलाई सजाय समेत हुनेछ ।

जुन घटनाको कुरा भइरहेको छ, त्यसमा पीडितले घर आएको अपराधीमाथि स्प्रे गर्न सफल हुन्छिन् । जाँचमा हामीले यो साबित गर्न सफल भयौँ कि उक्त व्यक्तिमाथि स्प्रे गरिएको थियो । त्यसको भोलिपल्ट नै उक्त व्यक्तिलाई दोषी सावित गरियो र उनलाई २४ हप्ताको जेल सजाय समेत भयो । हामी यसबाट निकै सन्तुष्ट थियौँ ।’

हालका दिनहरूमा बेलायतका विभिन्न स्थानमा घरेलु हिंसा रोक्नका लागि त्यहाँको प्रहरीले यो प्रविधिको प्रयोग गरिरहेको छ । बेलायतका अन्य स्थानमा समेत यो प्रविधि प्रयोग गरिनेछ । ता कि अपराधलाई रोक्न सकियोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२