close

भारतले गर्‍यो आफ्नै फाइभजी नेटवर्कको सफल परीक्षण

टेकपाना टेकपाना

जेठ ६, २०७९ १४:३४

भारतले गर्‍यो आफ्नै फाइभजी नेटवर्कको सफल परीक्षण

काठमाडौं । भारत आफैँले निर्माण गरेको फाइभजी नेटवर्कको सफलतापूर्वक परीक्षण गरेको छ । केही दिन अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको फाइभजी टेस्ट-बेडको परीक्षण भारतीय सञ्चार मन्त्री अश्विनी वैष्णवले गरेका हुन् ।

उक्त फाइभजी प्रयोगमा उनले कल गर्दै यसको परीक्षण गरेका थिए । साइबर सुरक्षाको मुद्दा उठिरहेको बेलामा भारतले आफ्नै स्थानीय फाइभजी नेटवर्क सोलुसन विकास गरेको हो ।

यसले भारतीय प्रयोगकर्तालाई फाइभजी प्रयोग सस्तो र उत्पादनशील बनाउने विश्वास भारत सरकारले लिएको छ । व्यवसायिक रूपमा तयार भएपछि यसको प्रयोग भारतको सरकारी स्वामित्वमा भएको बीएसएनएलमा गरिने बताइएको छ ।

सरकारको आत्मनिर्भर भारत अभियान अन्तर्गत आईआईटी मदरासको नेतृत्वमा अन्य आठ संस्थाहरूको संयुक्त टोलीले भारतको आफ्नै पहिलो फाइभजी नेटवर्कको विकास गरेको इकोनोमिक टाइम्समा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२