close

पठाउने व्यक्तिले थाहा नपाउने गरी यसरी सुटुक्क पढ्नुहोस् फेसबुक मेसेज

टेकपाना टेकपाना

जेठ ८, २०७९ १८:१२

पठाउने व्यक्तिले थाहा नपाउने गरी यसरी सुटुक्क पढ्नुहोस् फेसबुक मेसेज

काठमाडौं । फेसबुक मेसेन्जर प्रयोग गर्न विभिन्न ट्रिक्स छन् । यी सबै ट्रिक्सबारे हामीले थाहा नहुन सक्छ । कतिपय फिचर मेसेन्जरमै उपलब्ध छन् भने, केही फिचरको प्रयोग वैकल्पिक तरिकाबाट गर्न सकिन्छ ।

फेसबुक चलाउँदै जाँदा आवश्यक-अनावश्यक अनेकथरी मेसेज आउन सक्छन् । तपाईंले त्यस्ता मेसेज पढे/नपढेको कुरा पठाउने मान्छेलाई थाहा हुन्छ ।

आज हामी तपाईंलाई नयाँ कुरा सिकाउँदै छौं । अरूले पठाएकाे मेसेज थाहा नहुनेगरी अर्थात् ‘सिन’ नहुनेगरी हेर्न सकिन्छ ।

यसरी मेसेज हेरिसकेपछि पनि ‘अनसिन’ भयो भने तपाईंले आवश्यक भएमात्र मेसेज रिप्लाई दिन सक्नुहुन्छ । साथै मेसेज पठाउने व्यक्तिलाई ‘इग्नोर’ गरेकोजस्तो पनि हुँदैन ।

त्यसको लागि आफ्नो ब्राउजरमा अनसिन मेसेज फर फेसबुक (Unseen message for facebook) भन्ने एक्स्टेन्सन डाउनलोड गरेर ‘इनेबल’ गर्नुहोस्।

एक्स्टेन्सनले फेसबुक मेसेज हेरेपछि ‘seen’ देखाउने स्क्रिप्टलाई ब्लक गर्छ । यो एक्स्टेन्सनले फेसबुक वेबमा मात्र काम गर्छ । तपाईंलाई आएको मेसेज मेसेन्जरबाट हेर्नुभयो भने ‘सिन’ देखाउँछ ।

यो एक्स्टेन्सनमा तपाईंले लगईन गर्नुपर्दैन । इनेबल गरेपछि यसले सोझै फेसबुकको मेसेज ‘सिन’ हुने स्क्रिप्टलाई डिसेबल गर्छ, जसकारण मेसेज हेर्दा पनि ‘सिन’ देखाउँदैन।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२