close

आधुनिक सुविधा सहित एलजीको मास्क बजारमा, मूल्य २४ हजार

टेकपाना टेकपाना

जेठ १४, २०७९ १३:३५

आधुनिक सुविधा सहित एलजीको मास्क बजारमा, मूल्य २४ हजार

काठमाडौं । कोभिड संक्रमणको महामारीपछि मानिसहरूको लागि मास्क अनिवार्य जस्तै भएको छ । संक्रमण विस्तारै घट्दै गए पनि एक प्रकारको त्रास मानिसमा अझै पनि छ ।

यसले गर्दा पनि मास्कको प्रयोग भने घटेको छ । उल्टै लामो समय सम्म प्रयोग गर्ने सकिने अथवा पुन: प्रयोग गर्न सकिने गुणस्तरिय मास्कको प्रयोगमा प्रयोगकर्ताको आकर्षण छ ।

बजारमा अहिले थरीथरीका मास्कहरू उपलब्ध हुन्छन् । केही त कपडासँग मेल खाने हिसाबले पनि बनाइएको हुन्छ । एउटा राम्रो गुणस्तरीय मास्कको मूल्य कतिसम्म पर्न सक्छ ? जवाफ आउनसक्छ २५०, ३५० वा १००‍० रुपैयाँ ।

तर इलेक्ट्रोनिक्स ब्रान्ड कम्पनी एलजीले भने करिब २४ हजार रुपैयाँ पर्ने मास्क हालै मात्र सार्वजनिक गरेको छ ।

एलजीले सार्वजनिक गरेको यो मास्क एयर प्युरिफायर मास्क हो, जसले तपाईं प्रत्येक मिनेटमा कतिपटक सास फेरिरहनु भएको छ भनेर गणना गर्नेछ ।

यो मास्कमा ब्लुटुथ कनेक्ट गरेर आफ्नो डिभाइसमा भएको एलजी एपमार्फत मास्कको कामलाई नियन्त्रण गर्न सकिनेछ । साथै यो मास्कमा ईन-बिल्ट माइक र स्पिकर पनि दिइएको छ । यो मास्कको तौल ९४ ग्रामको छ ।

एक पटक चार्ज गरिसकेपछि यो मास्क लगातार ८ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ । यो मास्कलाई फुल चार्ज गर्न लगभग दुई घण्टा लाग्ने कम्पनीको भनाइ छ ।

मास्क कालो र सेतो गरी दुई रंगमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४