close

नेपालमा सुरु भयो डिजिटल सर्भिस ट्याक्स, विदेशीले सेवा दिदा कर तिर्नुपर्ने

टेकपाना टेकपाना

जेठ १५, २०७९ २३:२७

नेपालमा सुरु भयो डिजिटल सर्भिस ट्याक्स, विदेशीले सेवा दिदा कर तिर्नुपर्ने

काठमाडौं । सरकारले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने गैरबासिन्दाको आयमा कर लगाउने गरी ‘डिजिटल सर्भिस ट्याक्स’ सुरु गरेको छ ।

आगामी आर्थिक बर्ष २०७९/८० को लागि तय गरिएको आर्थिक ऐनमार्फत यस्तो कर शीर्षक थप गरिएको हो । यस अनुसार गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई कुनै प्रकारको विद्युतीय सेवा उपलब्ध गराएमा कारोबार मुल्यमा दुई प्रतिशत डिजिटल सर्भिस ट्याक्स लाग्नेछ ।

तर वार्षिक २० लाखसम्म मात्र कारोबारमा भने यस्तो कर लाग्ने छैन । यद्यपि त्यस्तो सेवा उपलब्ध गराउनेले आफ्नो आय विवरण भने दाखिला गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४