close

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्‍याउन इन्टरनेटको शुल्क घटायौँः सञ्चारमन्त्री

टेकपाना टेकपाना

जेठ २०, २०७९ ११:१५

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्‍याउन इन्टरनेटको शुल्क घटायौँः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्‍याउन सरकारले इन्टरनेटको शुल्क घटाएको बताएका छन् । शुक्रबार राजधानीमा सुरु भएको फोनपे डिजिटल इकोनमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शुल्क तीन प्रतिशतले घटाएको छ । ‘यसलाई अझ सस्तो, गुणस्तरीय, बनाउनका लागि पनि सरकार सकारात्मक छ,’ उनले, ‘भने समग्रमा सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखिएको छ ।’

सूचना प्रविधिको विकास बिना मुलुकको विकास समेत असम्भव भएको उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगसँगै लिएर जानुपर्ने बताए । ‘दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्‍याउन सरकारले सहयोग गर्नेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३