close

युट्युबको दिक्क लाग्ने ‘एक्सेसिबिलिटी’ फिचरबाट यसरी पाउनुहोस् मुक्ति

टेकपाना टेकपाना

असार ५, २०७९ १६:२७

युट्युबको दिक्क लाग्ने ‘एक्सेसिबिलिटी’ फिचरबाट यसरी पाउनुहोस् मुक्ति

काठमाडौं । युट्युबको अपडेटमा आइरहने अधिकांश फिचरहरू उपयोगी भएपनि केही फिचर दिक्क लाग्ने किसिमका हुन्छन् । त्यहीमध्यको एक हो, युट्युब एक्सेसिबिलिटी फिचर ।

यदि यो फिचर अन भएको छ भने युट्युबमा कुनै पनि भिडिओ प्ले गर्दा त्यसको स्क्रिनमा दायाँ र बायाँपट्टि १०\१० लेखिएको देखिन्छ । यसकाे माध्यमबाट भिडिओलाई १० सेकेन्ड अगाडि वा पछाडि लग्न सकिन्छ ।

तर, यो फिचर एक्टिभेट नगर्दा पनि कुनै पनि भिडिओ डबल ट्याप गरी अगाडि वा पछाडि लग्न सकिन्छ ।

यो फिचर प्रयोग गरिरहँदा स्क्रिन अनावश्यक भरिएको जस्तो देखिन्छ । जसले गर्दा भिडिओ कन्टेन्ट राम्रोसँग हेर्न सकिँदैन ।

यसलाई हटाउनका लागि स्क्रिनको कुनै भागमा ट्याप गर्दा पनि हट्दैन । यसलाई हटाउने एउटा मात्र विकल्प हो माथि दायाँपट्टि रहेको क्रस आइकनमा ट्याप गर्नु ।

यसरी बेला बेलामा ट्याप गरेर हटाइरहँदा दिक्क लाग्नु स्वभाविक हो । आज हामी यसलाई स्क्रिनबाट सधैँका लागि कसरी हटाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दै छौं ।

  • त्यसका लागि सबैभन्दा पहिले युट्युबमा जानुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि तपाईंको प्रोफाइलको आइकन देखाएको ठाउँमा ट्याप गर्नुनहोस् ।
  • त्यसपछि सेटिङमा जानुहोस् ।
  • त्यहाँ गइसकेपछि अन्तिमभन्दा माथि रहेको एक्सेसिबिलिटी (Accessibility) अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि एक्सेसिबिलिटी प्लेयरलाई अफ गर्नुहोस् ।
  • त्यसपछि तपाईंले भिडिओ हेरिरहँदा स्क्रिनमा एक्सेसिबिलिटीको अप्सन देखाउँदैन ।

यदि तपाईं सधैँका लागि बन्द गर्न नचाहेर केही समयका लागि बन्द गराउन चाहनुहुन्छ भने अर्को विकल्प रहेको छ । यसका माध्यमबाट भिडिओ हेरिरहँदा कति सेकेन्डपछि एक्सेसिबिलिटी आइकन हटाउने भन्ने छान्न सकिन्छ ।

त्यसका लागि तपाईं माथि अप्नाएको प्रक्रिया पुनः अपनाउनुहोस् । तर, यहाँ एक्सिसिबिलिटी प्लेयरलाई केही नगर्नुहोस् । तल रहेको हाइड प्लेयर कन्ट्रोल्सको तल आफूलाई उपयुक्त सयम छान्न सक्नुहुन्छ ।

त्यसपछि तपाईंले भिडिओ हेरिरहँदा तपाईंले माथि छानेको समयमा नै एक्सेसिबिलिटी आइकन गायब हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३