close

‘मेटाभर्स’ आणविक हतियार पछिको खतरनाक प्रविधि हुने दावी

टेकपाना टेकपाना

असार २७, २०७९ १२:३८

‘मेटाभर्स’ आणविक हतियार पछिको खतरनाक प्रविधि हुने दावी

काठमाडौं । इन्टरनेटका पायोनियर ब्रायन शस्टरले मेटाभर्स गतल हातमा पुगेको दावी गरेका छन् । उनले मेटाभर्स आणविक हतियार पछिको खतरनाक प्रविधि भएको र यो मेटाका सीईओ मार्क जुकरबर्गको हातमा पुगेको बताए ।

शस्टर विगत १७ वर्ष देखी मेटाभर्समा काम गर्दै आएका छन् । उनी आफैले डिजिटल वर्ल्ड ‘अथरभर्स’ समेत निर्माण गरेका छन् । यस्तोमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले मानिसहरुले आफ्नो स्वार्थका लागि मेटाभर्सको दुरुपयोग गर्ने दावी गरे ।

‘यसले सम्पूर्ण मानिसहरूलाई ब्रेनवाश गरी आफ्नो नियन्त्रणमा राख्नेछ,’ उनले भनेका छन्, ‘मलाई लाग्दैन जुकरबर्ग र फेसबुकले मानव हित र दीर्घायुका लागि लगानी गरिरहेका छन् ।’

पैसा आउने भनेको खुसी हुँदा अथवा दुखी हुँदा हो । त्यसमा तपाईं कुन बाटो पहिल्याउने भन्ने कुराले फरक अर्थ राख्छ । फेसबुकको हक उसले पहिल्याउँदै आएको बाटो के हो भन्ने हामीले बुझेका छौ । त्यो हुँदा मेटाभर्समा भएको लगानी पनि सोही बाटोमा गइरहेको छ । जुन भोलिका दिनमा आणविक हतियार भन्दा बढी खतरनाका हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३