close

आर्थिक अभावले बन्द भयो पाकिस्तानको ‘टप’ स्टार्टअप कम्पनी एयरलिफ्ट

टेकपाना टेकपाना

असार ३१, २०७९ १०:५६

आर्थिक अभावले बन्द भयो पाकिस्तानको ‘टप’ स्टार्टअप कम्पनी एयरलिफ्ट

काठमाडौं । पाकिस्तानको स्मार्टअप कम्पनी ‘एयरलिफ्ट’ बन्द भएको छ । आर्थिक अभावका कारण दैनिक सञ्चालन खर्च समेत धान्न नसक्ने भएसँगै कम्पनीले मंगलबारबाट आफ्नो सेवा पूर्णरुपमा बन्द भएको जानकारी दिएको हो ।

खाना डेलिभरी सेवा उपलब्ध गराउँदै आएको एयरलिफ्ट पाकिस्तानमा द्रुत गतिमा बजार लिन सफल मध्येको एक स्टार्टअपमा पर्छ । यो कम्पनीले सन् २०२१ मा सिरिज बी फण्डीङ अन्तर्गत ८५ मिलियन अमेरिकी डलर लगानी भित्र्याएको थियो । यो रकम पाकिस्तानको कुनै पनि स्टार्टअप कम्पनीमा भएको हालसम्मको ठुलो लगानी थियो ।

यसका बावजुद पनि कम्पनीमा आर्थिक भार कम भएन । यसै बिच कम्पनीले विभिन्न शाखा समेत विस्तार गरेको थियो । अझ पछिल्लो समय विश्वव्यापी रुपमा सुरु भएको आर्थिक मन्दी र क्यापिटल मार्केटमा आएको गिरावटको असर एयरलिफ्टमा देखिएको हो । कम्पनीले कर्मचारी कटौती गर्ने देखी व्यवसायिक रणनीतिमा समेत परिमार्जन गरेको थियो ।

तर पनि कम्पनीले आफ्नो दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्न सकेन । यो बिचमा पनि कम्पनीले थप लगानीका लागि प्रयास पनि नगरेको हैन् । लगानी भित्र्याउने अन्तिम प्रयासको रुपमा अघिल्लो सातामात्रै पनि छलफल भएको थियो । उक्त छलफलमा समेत असफल भएसँगै कम्पनीले आफ्नो सेवा नै बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३