close

सामसङ ग्यालेक्सी जेड फोल्ड फोर सार्वजनिक नहुँदै लिक भए ग्यालेक्सी जेड फोल्ड फाइभका विवरण

टेकपाना टेकपाना

साउन २, २०७९ १३:१

सामसङ ग्यालेक्सी जेड फोल्ड फोर सार्वजनिक नहुँदै लिक भए ग्यालेक्सी जेड फोल्ड फाइभका विवरण

काठमाडौं । सामसङका फ्ल्यागशिप फोन ग्यालेक्सी जेड फोल्ड फाेर र ग्यालेक्सी जेड फ्लिप फाेर सार्वजनिक हुने तयारीमा छन् । धेरै प्रयोगकर्ता यी फोनको व्यग्र प्रतिक्षामा रहेकाे बेला बजारमा जेड फ्लिप फाइभ र जेड फोल्ड फाइभको विवरण बाहिरिएकाे छ ।

‘द एलेक’ नामक एक कोरियन वेबसाइटमा जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभका विवरण पहिलो पटक देखापरेको हो ।

उक्त विवरणअनुसार जेड फ्लिप फाइभमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग हुनेछ । यसैगरी जेड फोल्ड फाइभमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने बताइएको छ ।

यीबाहेक अन्य विवरण पनि अब विस्तारै बाहिरिन सकिने अनुमान गरिएको छ ।

जेड फोल्ड फाेर र जेड फ्लिप फाइभ भने यही अगस्टमा सार्वजनिक हुँदैछ । कम्पनीले ‘सामसङ अनप्याक्ड इभेन्ट’ मार्फत यी फोन सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

साे कार्यक्रममा सामसङ ग्यालेक्सी वाच फाइभसहित ग्यालेक्सी बड्स वा ग्यालेक्सी बुक ल्यापटप पनि सार्वजनिक हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३