close

नेपाली बजारमा मोटोरोला स्मार्टफोनको मूल्य बढ्यो

टेकपाना टेकपाना

साउन ५, २०७९ १५:४

नेपाली बजारमा मोटोरोला स्मार्टफोनको मूल्य बढ्यो

काठमाडौं । मोटोरोलाले नेपाली बजारमा ई४० सिरिजको मूल्य हजार रुपैयाँले बढाएको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको याे फोनको मूल्य एक हजार रूपैयाँले बढेकाे हाे ।

अब ग्राहकले १९ हजार ९९९ रूपैयाँमा याे फाेन किन्न सक्नेछन् । डलर विनिमय दरको मूल्य २.५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेपछि कम्पनीले फोनको मूल्य बढाएको हाे ।

मोटोरोला ई४० मा ९० हर्ज रिफ्रेस रेट सहितको आईपीएस एलसीडी डिस्प्ले छ । एन्ड्रोइड ११ मा आधारित उक्त फोनमा यूनिसोक टी७०० चिपसेट रहेको छ ।

४८ मेगापिक्सेलको मुख्य क्यमेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको उक्त फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३