close

जीमेलको नयाँ इन्टरफेस सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

टेकपाना टेकपाना

साउन १२, २०७९ १८:३५

जीमेलको नयाँ इन्टरफेस सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

काठमाडौं । गुगलले गत माघदेखि नै जीमेलको इन्टरफेस अर्थात् आवरणमा केही बदलाब ल्याउने प्रतिबद्धता जनाएको थियो । त्यसबेला केही सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध जीमेलको नयाँ इन्टरफेस अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएकाे छ ।

जीमेलले उपलब्ध गराएको नयाँ इन्टरफेसमा मिट, च्याट, स्पेस क्लोजर टुगेदरजस्ता अप्सन बायाँपट्टि देख्न सकिन्छ । यसमा गुगलका मटेरियल डिजाइन थ्रीका केही तत्व समावेश छन् ।

यति मात्र नभई यस वर्षको अन्त्यतिर गुगलले ट्याबेलको जीमेलमा केही सुधार ल्याउने जनाएको छ । यसमा उत्कृष्ट इमोजी सपोर्ट, अन्य फिचरमा थप एक्सेसिबिलिटी र केही अपग्रेड समावेश हुने बताइएको छ ।

यदि तपाईं आफ्नो विशेष कामका लागि जीमेल प्रयोग गर्ने गर्नुभएको छ भने तपाईंको अकाउन्टमा याे फिचर आइसकेको छ । जीमेलको नयाँ इन्टरफेसमा आएका परिवर्तन पहिलो पटकमा नै छुट्टाउन सकिँदैन ।

त्यसका लागि पहिलेको इन्टरफेस र नयाँ इन्टरफेस एकआपसमा राखी तुलना गर्नुपर्ने हुन्छ । जीमेलको नयाँ आवरण आफ्नो अकाउन्टमा सक्रिय गराउनका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले ब्राउजरमा जीमेल खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि क्विक सेटिङको तल रहेको सी अल सेटिङको अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ सेटिङको पेज खुल्छ । सेटिङको तल जेनेरल, लेबल्स, इन्बक्सजस्ता अप्सन रहेका हुन्छन् । त्यसमा हेर्दै जानुभयो भने च्याट एन्ड मिट अप्सन देख्न सक्नुहुन्छ ।
  • त्यसमा गएर च्याटको अप्सनमा गुगल च्याट र मिटको अप्सनमा ‘शो द मिट टु द मेन मेन्यु’ (Show the meet to the main menu) छानेर सेभ चेन्जमा क्लिक गर्नुभयो भने जीमेलको बायाँपट्टि इन्बक्स, च्याट, स्पेक्स र मिट अप्सन देखिन्छन् ।

अपडेट भएका इन्बक्समा मिट, स्पेक्स र च्याट बटन बायाँपट्टि छेउमा देखिन्छन् ।

यसरी अपडेट गर्दा यी सबै फिचरलाई एउटै स्क्रिनबाट एक्सेस पाउन सकिन्छ, जसबाट काम छिटो र सहज बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३