close

एसईई रिजल्ट चित्त नबुझे पुनर्योग गर्न पाइने, यसरी डाउनलोड गर्नुहोस् निवेदनको ढाँचा

टेकपाना टेकपाना

साउन १३, २०७९ ९:०

एसईई रिजल्ट चित्त नबुझे पुनर्योग गर्न पाइने, यसरी डाउनलोड गर्नुहोस् निवेदनको ढाँचा

काठमाडौं । एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिनसक्ने भएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विद्यार्थीले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन दिनसक्ने जानकारी दिएको हो ।

बोर्डले गत बुधबार एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडवृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाउने बोर्डले जनाएको छ ।

यसका लागि शिक्षक विकास तथा समन्वय इकाई वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने व्यवस्था ल्याइएको छ ।

विद्यार्थीले साउन २७ भित्र पुनर्योगका लागि निवेदन दिन पाउनेछन् ।

निवेदनको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३