close

जापानी ब्रान्ड हिटाचीका नयाँ विद्युतीय घरायसी सामग्री नेपाली बजारमा

टेकपाना टेकपाना

साउन १३, २०७९ १९:१८

जापानी ब्रान्ड हिटाचीका नयाँ विद्युतीय घरायसी सामग्री नेपाली बजारमा

काठमाडौं । जापानी विद्युतीय उपकरण निर्माता कम्पनी हिटाचीले नेपाली बजारमा विभिन्न घरायसी विद्युतीय उपकरण सार्वजनिक गरेको छ । काठमाडौं स्थित होटेल सोल्टीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्ना उपकरण बजारमा ल्याएको हो । 

हिटाचीले सार्वजनिक गरेका विद्युतीय घरायसी सामग्रीहरूमा माइक्रोवेभ ओभनका ४ मोडेल, फ्रन्ट लोड अटोमेटिक वासिङ मसिन, फ्रेन्च बटम रेफ्रिजेरेटर र कर्डलेस स्टिक भ्याकुम क्लिनर रहेका छन् । नेपालका लागि हिटाचीको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले यी उत्पादन वितरण गर्नेछ ।

कम्पनीले विश्वव्यापी रूपमा उपलब्ध अन्य उत्कृष्ट उत्पादनहरू समेत नेपाली प्रयोगकर्ता माझ ल्याउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिटाचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा समेत गरेको छ ।

हिटाचीले आफ्नो फ्रन्ट लोड वाशिङ मसिनमा फन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, ए आई, वास र अटो डोजिङ सिस्टम इन्भर्टर समावेश भएको बताएको छ । त्यस्तै यसमा १२ किलोग्राम धुने क्षमता र केजी सुकाउने क्षमता रहेको छ ।

त्यस्तै हिटाचीले कर्डलेस स्टिक भ्याकुम क्लिनर (PV-XL2K 240 US) का माध्यमबाट सजिलो, छिटो र कुशल तरिकाले सरसफाइ गर्न सकिने बताइएको छ । कम्पनीले नयाँ (R-WB640VOPB) मोडेलको रेफ्रिजेनेटर पनि सार्वजनिक गरेको छ । जसले ग्राहकको मागलाई सम्बोधन गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३