ट्रेन्डिङ:
डेटा सेन्टरमा बिजुलीको माग बढ्दा बेलायतमा नयाँ घर बनाउन मुस्किल  नेपाल टेलिकमले ल्यायो दशैं अफर, अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल एप्पल म्याप र गुगल म्यापमा कुन उत्कृष्ट ? इन्डक्सन चुलो किन्दा ध्यान दिनैपर्ने ५ कुरा दराजको नयाँ वर्ष अफरः निःशुल्क होम डेलिभरीसँगै ६० प्रतिशतसम्म छुट आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! चन्द्रमातर्फ उडेको नासाको स्याटलाइट सम्पर्कविहीन कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ?
close

डेटा सेन्टरमा बिजुलीको माग बढ्दा बेलायतमा नयाँ घर बनाउन मुस्किल 

टेकपाना टेकपाना

साउन १५, २०७९

डेटा सेन्टरमा बिजुलीको माग बढ्दा बेलायतमा नयाँ घर बनाउन मुस्किल 

काठमाडौं । बेलायतका विभिन्न सहरहरूमा बिजुली व्यवस्थापन हुन नसकेर नयाँ घर निर्माणमा असर परिरहेको छ । विशेषगरी डेटा सेन्टरमा भएका सहरहरूमा नयाँ घरका लागि बिजुली आपूर्ति गर्न नसकेपछि नयाँ घर निर्माणकाे काम प्रभावित भएको हो ।

डेटा सेन्टरहरूले धेरै बिजुली प्रयोग गर्दा यस वरपरका क्षेत्रमा आपूर्ति कम भएको हो । फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखका अनुसार पश्चिम बेलायतको अलिङ, हिलिङडन र हाउन्स्लो सहरहरूमा यस्ताे समस्या देखिएको हो ।

अहिलेको बिजुली आपूर्तिको अवस्थालाई हेर्दा सन् २०३५ सम्ममा नयाँ संरचनाका लागि बिजुली आपूर्ती गर्न कठिनाइ हुने साे लेखमा उल्लेख छ ।

ती सहरहरूमा माइक्रोसफ्ट, ओराकल, एलजी, अमेजन, ह्वावे, डेल लगायतका कम्पनीहरुको डेटा सेन्टर छ । साना सहरहरूमा भएका ठूला डेटा सेन्टरहरूले धेरै विद्युत खपत गर्दा नयाँ बन्ने संरचनाहरूलाई विद्युत आपूर्ति गर्न समस्या भएको हो ।

यो समस्याले कतिओटा संरचनालाई प्रभावित पारेको छ भन्ने ठ्याक्कै तथ्याङ्क भने उपलब्ध भएको छैन । यद्यपि फाइनान्सियल टाइम्सका अनुसार भने ती सहरमा करिब ११ प्रतिशत नयाँ संरचनाको काम रोकिएको छ ।

प्रविधि कम्पनीहरुको सेवा विस्तार हुँदै गर्दा डेटा सेन्टरले खपत गर्ने बिजुलीको मात्रा झन् बढ्दै जाने देखिएको छ । यसले गर्दा भविष्यमा यो समस्या थप विकराल बन्नसक्ने विश्लेषण गरिएको छ । बेलायतले पछिल्ला केही वर्षहरूमा यो समस्या निकै नै भोग्दै आएको छ ।