close

एसडी कार्ड र हार्ड ड्राइभको डेटा रिकभर गर्न उपयोगी सफ्टवेयर

टेकपाना टेकपाना

साउन १९, २०७९ ९:५९

एसडी कार्ड र हार्ड ड्राइभको डेटा रिकभर गर्न उपयोगी सफ्टवेयर

काठमाडौं । कहिलेकाहिँ झुक्किएर आफ्नो हार्डड्राइभमा भएको डेटा डिलिट हुनसक्छ । अथवा आफ्नो हार्डड्राइभ फर्म्याट वा बिग्रनसक्छ । कहिलेकाहिँ केही डेटा महत्त्वपूर्ण हुन्छन्, तर यसलाई रिकभर गर्न उत्तिनै गाह्रो हुनसक्छ । यस्तो अवस्थामा सो डेटालाई कसरी रिकभरी गर्न सकिन्छ त ?

बजारमा धेरै यस्ता सफ्टवेयर छन्, जसले डेटा रिकभर गर्न मद्दत गर्छ । धेरै सफ्टवेयरमध्ये अहिले निकै नै चर्चामा रहेको सफ्टवेयर हो,  ‘वन्डरशेयर रिकभर इट’ (Wondershare Recoverit)

यसले तपाईंको हार्डड्राइभ अथवा एसडी कार्डबाट डिलिट भएका डेटा रिकभर गर्न मद्दत गर्छ ।

कति उपयोगी छ डेटा रिकभर गर्ने सफ्टवेयर ?

कम्प्युटरमा धेरै काम गर्ने प्रयोगकर्ताका लागि डेटा रिकभर गर्ने सफ्टवेयर अनिवार्यजस्तै हो । प्राविधिक अथवा अन्य कुनै पनि समस्याका कारण डेटा हराउन सक्छ ।

यो बेलामा अधिकांश प्रयाेगकर्ता कम्प्युटर मर्मत केन्द्रमा जान्छन् । मर्मत केन्द्रमा गएर हार्डड्राइभ रिकभर गर्दा महँगो पनि पर्नसक्छ ।

तर डेटा रिकभर गर्ने सफ्टवेयर र यसकाे प्रयोगबारे जानकारी भए तपाईंका लागि लाभदायी हुन्छ । यसले खर्च पनि जाेगाउँछ ।

रिकभरी सफ्टवेयर प्रयोग गर्दा आफूले गुमाएका डेटा केही क्लिकमा नै रिकभर गर्न सकिन्छ,  जुन थप सहज पनि हुनसक्छ । अन्य सफ्टवेयरभन्दा वन्डरशेयर रिकभरइट प्रयोग गर्न सहज र प्रयोगकर्तामैत्री पनि छ । 

वन्डरशेयर रिकभरइटका विशेषताहरू

वन्डरशेयरमा प्रयोगकर्ताका लागि विभिन्न फिचरहरू समावेश गरिएका छन्, जसले गर्दा पनि हराएको डेटा रिकभर गर्न विभिन्न माध्यम प्रयोग गर्न सकिन्छ ।

यो सफ्टवेयर प्रयोग गरेर प्रयोगकर्ताले झुक्किएर तथा सधैंको लागि डिलिट भएका डेटालाई रिकभर गर्न सकिन्छ । यसरी झुक्किएर डिलिट भएका डेटा ट्रयासमा हुने सम्भावना धेरै हुन्छ ।

यस्तो डेटामा फोटो, भिडिओ, ईमेल, गीत तथा अन्य महत्त्वपूर्ण डकुमेन्ट पनि हुन सक्छन् जसलाई रिकभर गर्न सकिन्छ ।

यो सफ्टवेयरबाट थोरै समयमा नै इन्टर्नल अथवा एक्स्टर्नल हार्डड्राइभको हराएको डेटा रिकभर गर्न प्रयोग गर्न सकिन्छ ।

यो सफ्टवेयर सबै प्रकारको म्याक र विन्डोज डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसको लोकप्रिय फिचर भनेको भिडिओ रिकभरी हो ।

यो सफ्टवेयरले एटके/फोरके लगायत सबै प्रकारका भिडिओ रिकभरी गर्ने क्षमता राख्छ ।

कसरी गर्ने डेटा रिकभरी ?

आफ्नो डेटा रिकभरीको लागि सबैभन्दा सुरुमा आफ्नो कम्प्युटरमा वन्डरशेयर रिकभरइट सफ्टवेयर डाउनलोड गर्नुहोस् । सफ्टवेयर ओपन गरेपछि तपाईंले हार्डड्राइभ एन्ड लोकेसन भन्ने अप्सन देख्नुहुन्छ, सो अप्सनमा क्लिक गर्नुहोस् ।

अब कम्प्युटरको स्क्रिनमा विभिन्न अप्सनहरू देखिन्छ, अथवा लोकेसनहरू देखाइन्छ, जहाँबाट तपाईंको डेटा हटेको थियो । उक्त लोकेसनमा क्लिक गरेर ‘स्क्यान’ अप्सनमा क्लिक गरेपछि हराएका डेटा रिकभर गर्न सकिन्छ ।

सुरुको केही सीमित समयका लागि यो सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यसपछि भने प्रतिवर्ष ६९.९९ डलर शुल्क तिरेर एक वर्षे लाइसेन्ससहित यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३