close

रिप्पलको लिमिटेड एडिसनमा नयाँ गेमिङ ल्यापटप, अग्रिम बुकिङमा २० हजार छुट

टेकपाना टेकपाना

साउन २०, २०७९ २०:७

रिप्पलको लिमिटेड एडिसनमा नयाँ गेमिङ ल्यापटप, अग्रिम बुकिङमा २० हजार छुट

काठमाडौं । नेपाली ल्यापटप ब्राण्ड रिप्पलले नयाँ गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले लिमिटेड एडिसनमा ‘रिप्पल इडेन’ नामक ल्यापटप बजारमा ल्याएको हो ।

पछिल्लो समय डिजिटल कन्टेन्ट क्रियटर र गेमरहरुको रोजाइमा पर्दै आएको रिप्पल ब्राण्डको नयाँ ल्यापटप १५‍.२ इन्चको क्युएचडी टुके डिस्प्लेका साथ आएको छ ।

१६५ हर्ज रिफ्रेस रेट युक्त ल्यापटपमा एल्डर लेक–एच प्रोसेसर रहेको छ । ल्यापटपमा एनभिडिया आटीएक्स ३०७० टीआई ८जीबी र्‍याम युक्त ग्राफिक्स रहेको छ । यसमा १६ जीबीको र्‍याम उपलब्ध हुने कम्पनीले जनाएको छ । भने, आवश्यकता अनुसार बढाएर ३२ जीबीसम्म पुर्‍याउन सकिने छ ।

ल्यापटपमा १ टेराबाइट(टीबी) को एसएसडी उपलब्ध रहेको छ । भने, एसएसडीको लागि दुई ओटा स्लट समेत उपलब्ध रहेको छ । त्यो हुँदा आवश्यक अनुसार एसएसडी बढाएर २ टीबीसम्म पुर्‍याउन सकिने जनाइएको छ ।

प्रयोगकर्ताको सहजताका लागि ल्यापटपमा दुई ओटा युएसबी पोर्ट उपलब्ध गराइएको छ । त्यस्तै टीबीटी, एचडीएमआई पोर्ट पनि उपलब्ध रहेको छ । कार्ड रिडर, अडियो आउट जस्ता पोर्ट पनि ल्यापटपको साइडमा उपलब्ध छन् ।

ल्यापटपमा उच्च क्वालिटीको अडियो सिस्टम उपलब्ध गराइएको छ । साथै साउण्डलाई प्रभावकारी बनाउन साउण्ड ब्लास्टर सिनेमा सिक्स प्लस, थ्रिडी मोड जस्ता फिचर उपलब्ध छ । कम्पनीका अनुसार ल्यापटपमा इन्टेल वाईफाई सिक्स, इथरनेट २.५ उपलब्ध रहेको छ ।

१.७ केजीको यो ल्यापटपमा ४१०० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ । जसको बजार मूल्य ३ लाख २० हजार तोकिएको छ । तर, प्रि अर्डर गर्ने ग्राहकले भने यो ल्यापटप २ लाख ९९ हजार ९९९ रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३