close

४ महिनाभित्र देशभर फोरजी सेवा पुग्ने

टेकपाना टेकपाना

साउन ३१, २०७९ १३:१२

४ महिनाभित्र देशभर फोरजी सेवा पुग्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यही अंग्रेजी वर्ष २०२२ भित्र देशैभर फोरजी मोबाइल सेवा विस्तार हुने बताएका छन् ।

मंगलबार राजधानीमा ह्वावेले आयोजना गरेको सिड्स फर दी कार्यक्रममा बोल्दै अध्यक्ष खनालले फोरजी पुग्न नसकेका ठाउँमा यसै वर्ष सेवा पुग्ने जानकारी दिए ।

खनालले देशको डिजिटाइजेसनका लागि फोरजीको पहुँच अनिवार्य रहेको धारणा राखे ।

यसका लागि दूरसञ्चार सेवा प्रदायकलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकेको खनालले बताए । हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा दिँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३