close

सेलिब्रेटीहरूको फेसबुक पेजमा कसले गर्दैछ जथाभावी पोस्ट ?

टेकपाना टेकपाना

भदौ ८, २०७९ १६:१९

सेलिब्रेटीहरूको फेसबुक पेजमा कसले गर्दैछ जथाभावी पोस्ट ?

काठमाडौं । बुधबार बिहानदेखि फेसबुकको न्युज फिडमा समस्या आइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको फेसबुक पेजमा अन्य व्यक्तिहरूको अकाउन्टबाट गरिएका पोस्टहरू देखा परिरहेको छ ।

जस्टिन बिबर, लेडि गागा, निर्भाना, द बिटल्स लगायतका थुप्रै सेलिब्रेटीहरूको फेसबुक पेजमा उनीहरूका प्रशंसक लगायत अन्य व्यक्तिले गरेका पोस्टहरू देखिएकाे हाे ।

यो स्थितिको फाइदा उठाउँदै केही प्रयोगकर्ताले भने सेलिब्रेटीहरूको पेजमा जथाभावी तस्वीर तथा मिमहरू पोस्ट गरिरहेका छन् । यसले अन्य प्रयोगकर्ताको न्युज फिडलाई पनि असर गरेको छ ।

अन्य प्रयोगकर्ताको न्युज फिडमा आफूले फलो गरेको सेलिब्रेटीको पेजमा यसरी गरिएका पोस्टहरू मात्र आइरहेको छ ।

यो समस्यालाई कसैले फेसबुकमा बग भेटिएको अनुमान गरेका छन् भने कसैले फेसबुकको अल्गोरिदमले काम नगरेको तर्क गरेका छन् ।

यो समाचार तयार गर्दासम्म फेसबुकको तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन । यो समस्याबारे धेरैजसो बेलायत लगायत अन्य युरोपेली सहरका प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३