close

साओमी बन्यो नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

टेकपाना टेकपाना

भदौ २४, २०७९ १६:४४

साओमी बन्यो नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

काठमाडौं । साओमी विगत दुई वर्षदेखि नेपाली बजारमा शीर्ष स्मार्टफोन ब्राण्डको रुपमा रहेकाे एक अध्ययनले देखाएकाे छ ।

अनुसन्धान संस्था इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)ले जारी गरेको सन् २०२२ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार साओमी नेपालको शीर्ष स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो ।

योसँगै साओमी विगत आठ त्रैमासिकमा नेपालको सबैभन्दा ठूलो ब्राण्ड बन्न सफल भएको छ । कम्पनी सन् २०२० को तेस्रो त्रैमासिकदेखि नेपाली बजारमा शीर्ष स्मार्टफाेन ब्रान्डका रूपमा रहँदै आएको साे प्रतिवेदनमा उल्लेख छ ।

‘नेपालको नम्बर वान ब्राण्डको रुपमा स्थापित हुन पाउँदा हामी निकै उत्साहित छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले भने, ‘यसका लागि हामी हाम्रा मि फ्यानलाई धन्यवाद दिन चाहन्छौं ।’

यो अवधिमा कम्पनीले नेपाली बजारमा रेडमी १०, रेड्मी ११, रेडमी १२ सिरिजका फोन बिक्री गरेकाे छ । साथै मि वाट लाइट, टिभी स्टिक, ट्रिमर, ब्याण्ड ६, सोनिक ब्यास वायरलेस एयरफोन लगायतका उत्पादन पनि नेपाली बजारमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३