close

भिडिओ कलबाटै बैंकको केवाईसी अपडेट गर्न सकिने

टेकपाना टेकपाना

भदौ २७, २०७९ १२:५९

भिडिओ कलबाटै बैंकको केवाईसी अपडेट गर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकको सहजताका लागि भिडिओ केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक पहिचान, विवरण संकलन तथा अद्यावधिकका लागि बैंकले भिडिओ केवाईसी सञ्चालनमा ल्याएको हो ।

योसँगै स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडिओ केवाईसीमार्फत सहजै अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।

यसका लागि बैंककाे वेबसाइटमार्फत अनलाइन खाता खोल्दा ग्राहकलाई केवाईसी विवरण सम्बन्धमा दुईओटा विकल्प उपलब्ध गराइएको ।

यसअन्तर्गत ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडिओ कल गरी आफ्नो विवरण अद्यावधिक गर्नसक्ने छन् ।

भिडिओ केवाईसीमार्फत आफ्नो जानकारी उपलब्ध गराउने हो भने ग्राहकले आफ्नो अनुकूल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा भिडिओ कलमार्फत सम्पर्क गर्न सक्नेछन् ।

त्यसरी भिडिओ कल गर्दा ग्राहकसँग आफ्नो पहिचान खुल्ने (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राख्नुपर्ने जनाइएको छ ।

त्यसरी विवरण अद्यावधिक गरेपश्चात् बैंक खाता पूर्णरुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३