काठमाडाैं । पछिल्लाे समय हामी सूचना तथा सञ्चार प्रविधिमा निकै अभ्यस्त भइसकेका छाैँ । हाम्रा लागि यो दैनिकीकाे अभिन्न पाटाे नै भइसकेकाे छ । यसै कारण तपाईँ हामी इन्टरनेटमा थुप्रै पदचिन्हरू छाडिरहेका हुन्छौँ ।
यो सवालमा सुरक्षित हुन निकै महत्त्वपूर्ण हुन्छ । तपाईँ हाम्रा इन्टरनेटका पाइला सुरक्षित छन् कि छैनन् भन्ने कुरामा आफू सचेत हुनु त छँदैछ, सँगसँगै विज्ञहरूले पनि सकेसम्म सूचना तथा सञ्चार प्रविधिलाई सुरक्षित राख्न अनेक काम गरिरहेका हुन्छन् ।
यस्ता विज्ञ बन्ने कार्यका लागि आईटी सेक्युरिटी विषयको अध्ययन आवश्यक पर्छ । स्वअध्ययन गरेर ह्याकर तथा साइबर सुरक्षाकर्मी बन्ने पाटाे त छँदै छ । आईटी सेक्युरिटीकाे क्षेत्रमा आउन चाहनेहरूका लागि कक्षा १२ पछि स्नातक तहमा आईटी सेक्युरिटी विषय अध्ययन गर्नु उपयुक्त विकल्प हुन सक्छ ।
तर नेपालका विश्वविद्यालयहरूले यस्ताे जटिल विषयलाई कम्प्युटरकाे कुनै एक सानाे पाठमा सीमित गराइदिएका छन् । हालसम्म नेपाली विश्वविद्यालयहरूले साइबर सेक्युरिटीलाई कुनै एक छुट्टै कोर्षको रूपमा अध्यापन नगराए पनि केही कलेजहरूले विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर अथवा सहकार्यमा साइबर सेक्युरिटी अध्यापनन गराइरहेका छन् ।
आज हामी तपाईँलाई नेपालमा स्नातक तहमा याे शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका केही कलेजहरूको बारेमा बताउँदै छाैँ ।
बेलायतकाे काेभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजले आईटी सेक्युरिटीसँग सम्बन्धित काेर्ष बीएससी (अन्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी सञ्चालन गरिरहेकाे छ । याे तीन वर्षे कोर्ष ३६० क्रेडिट आवरकाे छ ।
यसमा भर्नाका लागि उच्च मावि तहमा न्यूनतम २ जीपीए ल्याएको हुनुपर्छ भने ए लेभलमा ३.५ क्रेडिट आवश्यक पर्छ । यसमा भर्ना हुन ११ लाख ९५ हजार रुपैयाँ लाग्ने गर्छ ।
S.N.
Year/Semster
Subject
1
1st Semester
Programmming and Algorithms 1
Legal and Ethical foundations in Cybersecurity
Foundations of cybersecurity
Skills Development 1
2
2ed Semester
Digital and Foresnsics Fundamentals
Introduction to Web Devlopment and Database Systems
युनिभर्सिटी अफ द वेस्ट इङ्गल्यान्डसँगकाे सहकार्यमा द ब्रिटिस कलेजले आईटी सेक्युरिटीकाे नयाँ काेर्ष सञ्चालन गरिरहेकाे छ । हाल कलेजले चार वर्षे बीएससी (अन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको अध्यापन गराइरहेकाे छ ।
४८० क्रेडिट आवरकाे यो विषयमा भर्ना हुन उच्च माध्यामिक तहमा ५५ प्रतिशत प्राप्ताङ्क ल्याएकाे हुनु पर्छ । साथै ए लेभलमा कम्तिमा ३.५ क्रेडिटका साथ तीन ओटा विषयमा पूर्ण क्रेडिट ल्याएकाे हुनु पर्दछ । यो काेर्षकाे शुल्क १९ लाख रुपैयाँ राखिएकाे छ ।
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजले बीएससी (अन्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषयको अध्यापन गराइरहेकाे छ । ३६० क्रेडिट आवर रहेको यो विषय ३ वर्षे शैक्षिक कार्यक्रम हो ।
यसमा भर्ना हुन उच्च माध्यामिक तहमा एग्रिगेटेड २.२ सीजीपीए तथा ५५ प्रतिशत प्राप्ताङ्क ल्याएकाे हुनु पर्छ । यो विषय पढ्न १३ लाख ३८ हजार रुपैयाँ खर्च लाग्छ ।
मलेसियाकाे लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त याे कलेजमा नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीए)काे अध्यापन हुन्छ । चार वर्षे याे कोर्ष १३० क्रेडिट आवर्सको रहेको छ ।
यसमा भर्ना हुन उच्च माध्यामिक तहमा एग्रिगेटेडमा न्यूनतम ५० प्रतिशत प्राप्ताङ्क ल्याएको हुनुपर्छ । याे काेर्ष अध्ययन गर्न नौ लाख १९ हजार रुपैयाँ लाग्छ ।
नेपालमा उपत्यका बाहिर कमै मात्रामा विदेशी काेर्षहरू पढ्न पाइन्छ । तर फोर्ब्स कलेजले भने उपत्यका बाहिर भरतपुर चितवनमा आईटी सेक्युरिटीकाे काेर्ष सञ्चालन गरिरहेकाे छ ।
युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स् लोद्ज, पोल्याण्डबाट सम्बन्धन प्राप्त यो कलेजले चार वर्षे बीसीएस (आईटी) इन साइबर सेक्युरिटी एण्ड नेटवर्किङ सञ्चालन गरिरहेकाे छ । यस अगाडि कलेजले ईएचई युरोपेली विश्वविद्यालय युरिका स्विट्जरल्याण्डको उही कोर्ष सञ्चालन गरिरहेको थियो
२४० क्रेडिट आवरकाे यो काेर्षमा भर्ना हुन उच्च माध्यामिक तहमा प्रत्येक विषयमा न्यूनतम डी ग्रेड ल्याएकाे हुनु पर्छ । याे कलेजमा यस काेर्ष अध्ययन गर्न ६ लाख ९५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केएफए बिजनेस स्कुलले बीसीएस (अन्स) नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीएस) कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
१३० क्रेडिट आवरकाे यो कोर्ष ३ वर्षे शैक्षिक कार्यक्रम हो । यसमा भर्ना हुन उच्च माध्यामिक तहमा न्यूनतम २ सीजीपीए अथवा ५० प्रतिशत प्राप्ताङ्क ल्याएकाे हुनु पर्छ ।
S.N.
year/semster
subject
1.
1st semester
Programmming and Algorithms 1
Legal and Ethical foundations in Cybersecurity
Foundations of cybersecurity
Skills Development 1
2.
2ed semester
Digital and Foresnsics Fundamentals
Introduction to Web Devlopment and Database Systems
अमेरिकाकाे वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त किङ्ग्स कलेजमा साइबर सेक्युरिटी सम्बन्धी बीएसआईटी नेटवर्क, साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ विषय पढाई हुन्छ ।
चार वर्षे यो शैक्षिक कार्यक्रम १२० क्रेडिट आवरको रहेको छ । यसमा भर्ना हुन उच्च माध्यामिक तहमा न्यूनतम ५० प्रतिशत भन्दा बढी प्राप्ताङ्क ल्याएकाे हुनु पर्दछ । यसको शुल्क १४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।