काठमाडौं । एप्पलले प्रयोगकर्ताको सुरक्षाको लागि आईओएस १६ को अपडेट सँगै नयाँ फिचरहरू सार्वजनिक गरेको छ । प्रयोगकर्ताको साइबर सुरक्षा तथा गोपनीयताको लागि कम्पनीले आईओएस १६ मार्फत प्रयोगकर्तालाई केही अपडेटहरू दिएको छ । विशेषगरी चार नयाँ फिचरहरू यहाँ उल्लेख गरिएको छ ।
शेयर गरिने सम्पर्क विवरणमा लुकाउनुहोस्
सामान्यतया आईफोनबाट कसैको फोन नम्बर शेयर गर्दा त्यहाँ प्रयोगकर्ताले नम्बर सहित राखेको अन्य विवरण जस्तै जन्ममिति, इमेल आईडी, उपनामहरू पनि शेयर हुने गर्छन् । तर आईओएस १६ सँगै नम्बर शेयर गर्दा उक्त नम्बरसँगै भएको अन्य विवरणहरू शेयर नहुने फिचर उपलब्ध भएको छ ।
- यसको लागि आफूले शेयर गर्न चाहेको सम्पर्क नम्बरमा क्लिक गर्नुहोस्
- थोरै तल स्क्रोल गरेर शेयर कन्ट्याक्ट अप्सनमा क्लिक गर्नुहोस्
- फिल्टर फिल्ड्स अप्सनमा क्लिक गर्नुहोस्
- यसमा तपाईंले शेयर गर्न नचाहेको विवरणको सूचीमा अनचेक गर्नुहोस्
- यसपछि डन अप्सनमा क्लिक गर्नुहोस्
क्लिपबोर्डलाई थप सुरक्षित बनाउनुहोस्
आईओएस १६ को अपडेटसँगै अब कुनै पनि एपले मोबाइलको क्लिपबोर्डमा भएको सामग्रीलाई प्रयोग गर्नु भन्दा अगाडि नोटिफिकेशन आउँनेछ । अर्थात एउटा एपबाट कुनै सामग्री कपि गरेर अर्को एपमा शेयर गर्नुपरेमा सुरुमा तपाईं सो सामग्री शेयर गर्न चाहनुहुन्छ वा हुन्न भनेर सुनिश्चित गर्न तपाईंको अनुमति माग गर्दछ । पहिले भने क्लिपबोर्डमा भएका कुनै पनि सामग्री सहजै शेयर गर्न सकिन्थ्यो
फोटो लुकाउन अब झन् सजिलो
आईफोनमा पहिले नै फोटो लुकाउन सकिने फिचर थियो । यही फिचरलाई थप सुरक्षित बनाउँदै कम्पनीले यसमा नयाँ फिचर थपेको छ । अर्थात अब तपाईंले हाइड वा लुकाएर राख्नु भएको फोटोहरूको फोल्डर खोल्नका लागि फेसआईडी अथवा टच आईडी प्रयोग गर्नुपर्ने हुन्छ । यसको साथै हिडन एल्बमलाई पनि लुकाउन सकिन्छ । यसको लागि सेटिङमा गएर फोटोमा क्लिक गरेर 'सो हिडन एल्बम' अप्सनमा क्लिक गर्नुहोस् ।
सेफ्टी चेक
आईओएस १६ मा 'सेफ्टी चेक' नामक नयाँ फिचर समावेश गरेको छ । यो फिचरले तपाईंले विभिन्न एपलाई दिएका अनुमतिहरू, डेटा शेयरिङको अनुमति लगायत एप्पल आईडीको पासवर्ड परिवर्तन जस्ता फिचरहरुलाई एकैठाउँमा भेटाउन सकिन्छ । यसको मोबाइलको डेटाहरू सुरक्षित गर्न थप सहयोग गर्दछ ।
- सेटिङमा गएर प्राइभेसी एन्ड सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस्